Tuesday, September 28, 2010

चलाउने हो, पानीले धुन मिल्ने ल्यापटप?

मिनरल वाटरको वोतलले ल्यापटपको किवोर्डमा पानी खन्याउँदा धेरैको मन झसँग हुनसक्छ। विद्युतीय उपकरणमा पानी हालेपछि के होला? बल्लबल्ल किने ल्यापटप 'सट' भएर बिग्रने त होइन। पीर पर्नु स्वभाविक हो। मंगलबार भने दुई मोडलले धमाधम ल्यापटपमा पानी पोखे। धोए र पखाले। तर, ल्यापटप केही भएन। उनीहरुले धोइपखाली गरेको ल्यापटप 'वाटरप्रुफ' र 'डस्टप्रुफ' हो।
कार्यालयको कामको सिलसिलामा धुवाँ, धुलो र पानीमा समेत खट्नुपर्ने व्यक्तिलाई लक्ष्य गरेर एनइसीले नयाँ ल्यापटप नेपालमा ल्याएको छ।

एनइसीको आधिकारिक बिक्रेता इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न (आइइसी) ले जस्तोसुकै प्रतिकुल मौसम र ठाउँमा चलाउन सकिने सिल्डप्रो एन-२२ ल्यापटपलाई मंगलबारदेखि नेपालमा बिक्री सुरु गरेको हो। यो ल्यापटपको मूल्य कम्तिमा चार लाख रुपैयाँ पर्छ। एनइसी जापानी इलेक्ट्रोनिक्स निर्माता कम्पनी हो।

र्‍याम, हार्डडिस्कले यसको मूल्य कम र बढी छ। यस्तो ल्यापटपको मूल्य नेपालमै पाँच लाखसम्म पर्ने कम्पनीले जनाएको छ।

'कार्यालयभन्दा बाहिर फिल्डमा खटिने व्यक्तिका लागि डिजाइन गरेर यो ल्यापटप बनाइएको हो,' आइइसीका प्रबन्ध निर्देशक अरुणराज श्रेष्ठले भने। सेना, दूरसञ्चार, निर्माण क्षेत्र, जलविद्युत र आकस्मिक सेवाको लागि यो ल्यापटप उपयोगी हुने उनले बताए।

जस्तोसुकै धुलो, धुवाँ, पानीमात्र नभएर हिउँमा समेत यो ल्यापटप प्रयोग गर्न सकिन्छ। १५ हजार फिटसम्मको उचाइमा पनि यो ल्यापटप चलाउन सकिन्छ।
यो ल्यापटपलाई माइनस २० डिग्रीदेखि ५० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा समेत चलाउन सकिन्छ। ल्यापटपमा हिउँ, पानीजस्ता जुनसुकै तरल पदार्थ पर्दासमेत कुनै असर नपर्ने गरी बनाइएको छ। अरु ल्यापटपजस्तो सामान्य ठक्करले समेत नबिग्रनेगरी बनाइनुका साथै सामान्य रुपमा खस्दासमेत नबिग्रने गरी तयार गरिएको छ।
'असामान्य अवस्था, ठाउँमा समेत सजिलोसँग चलाउन सक्ने गरी बनाइएको हुँदा अरु भन्दा केही महँगो भएको हो,' उनले भने। दैनिक प्रयोगको लागि भन्दा पनि व्यावसायिक प्रयोजनको लागि दुर्गम ठाउँमा चलाउने गरी यसको डिजाइन भएको छ।

यो ल्यापटप प्रयोगकर्ताको फिङ्गर प्रिन्ट (औंठाछाप) को आधारमा खोल्न सकिन्छ। १२ दशमलव १ इन्चको टिएफटी एलसिडी स्त्रि्कन, वायरलेस, ब्लुटुथलगायत विशेषता यसमा छन्।

इन्टेलको कोर टु डियो प्रोसेसरजडित यो ल्यापटपको र्‍याम १ देखि २ जिबीसम्म छ। तुलनात्मक रुपमा हार्डडिस्कको क्षमता भने यसमा सानो छ। अहिले नेपालमा ३२ देखि ८० जिबीसम्मको हार्डडिस्क क्षमतामा एनइसीले यो ल्यापटप उपलब्ध गराउने भएको छ।

कम्तिमा ८ देखि १२ घन्टासम्म टिक्ने ब्याट्री रहेको यो ल्यापटपलाई कम्पनीले यो वर्ष ४० वटासम्म बेच्ने लक्ष्य लिएको छ। 'हामीले धेरै अध्ययन गर्‍यौं, दुर्गम ठाउँमा काम गर्नेलाई उपयुक्त ल्यापटपको माग देखेर यहाँ ल्याएका हौं,' श्रेष्ठले भने। एनइसी ल्यापटपको तौल भने अरु सामान्यको जस्तै साढे दुई किलोमात्र छ।

एनइसीले मंगलबारै नेपालमा एक्सप्रेस क्लस्टर एक्स ३.० सिरिजको सफ्टवयर ल्याएको छ। आतंकवाद र दैवी प्रकोपको समयमा हुने सूचनाको नोक्सानीलाई यसले रोक्नेछ। 'एसियामा समय समयमा विपत्तिहरु भइरहने हुँदा यस्ता सफ्टवयरले सम्भावित हानी नोक्सानीलाई नियन्त्रण गर्नेछ,' एनइसी एसियाका क्षेत्रीय निर्देशक डेभिड ओइले भने।

बैंकिङ क्षेत्रमा सूचना प्रविधिको सबैभन्दा जोखिम रहेकोले त्यसलाई समेत हुन नदिन यो सफ्टवयरले काम गर्छ। एनइसीले दूरसञ्चार कम्पनीहरु, कर्पोरेट कार्यालय, डाटा सेन्टरमा हुने सिस्टम फेलिएरलाई पत्ता लगाउन 'मास्टर स्कोप इनभ्यारियन्ट एनालाइजर' लाई पनि नेपालमा ल्याएको छ काठमाडौं, भदौ ३० (नागरिक) -

'प्रधानमन्त्री चयनमा मैले केही अधिकार प्रयोग गर्न मिल्दैन'


संसद्ले छपटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चुन्न नसकेपछि सभामुख सुवासचन्द्र नेम्वाङको भूमिकामाथि प्रश्न उठाउन थालिएको छ। उनले विशिष्ट अधिकार प्रयोग गरी नतिजा निकाल्नुपर्नेमा त्यसो नगरेको आरोप लगाइएको छ। नतिजा नआउने निश्चित हुँदाहुँदै पटकपटक चुनाव गराएको र व्यवस्थै बद्नाम हुन लाग्दा पनि मूकदर्शक भएको उनीमाथि आरोप छ। प्रधानमन्त्री निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर उनीसँग माधव ढुङ्गेलले गरेको संवाद :

परिणाम नआउने थाहा हुँदाहुँदै पटकपटक प्रधानमन्त्रीको चुनाव राख्नुभो। यसले राजनीतिक व्यवस्था र संसदीय प्रक्रियाको खिल्ली उडाएन?
नेम्वाङ : प्रधानमन्त्री चयनका सम्बन्धमा संविधान र संसद् सञ्चालन नियमावलीबमोजिम नै चुनाव गराइएको हो। बहुमत नपुगेसम्म पराजित उम्मेदवारको प्रस्तावलाई निर्णय गर्न अर्को बैठकको मिति तोक्नुपर्छ। संविधानको व्यवस्थाबमोजिम जहिलेसम्म बहुमत प्राप्त हुँदैन, तबसम्म यो प्रक्रिया दोहोर्‍याइरहनुपर्छ।
चुनावबाट परिणाम आउनुपर्छ भन्नेमा विवादै छैन। मैले पछिल्लो समय आधा घन्टाका लागि संसद् स्थगित गरेर कार्यव्यवस्था राखी त्यसको सुझावमा अर्को बैठक तोक्ने अभ्यास सुरु गरेको छु। सबै दलले यो दिन प्रधानमन्त्री चयन गर्नुपर्छ भनेर माग गरेअनुसार बैठक तोक्ने गरेको छु। प्रधानमन्त्री चयन नहुञ्जेल तिथि तोक्दै जाने नियम र अभ्यासको व्यवस्था हो। बाध्यता हो।

यो अवस्थामा पुग्दा पनि सभामुखले हस्तक्षेप गर्न सक्नुभएन, टुलुटुलु हेरेर बस्नुभो भनिन्छ नि?
नेम्वाङ : टुलुटुलु हेरेको भन्न मिल्दैन। थप पहल आवश्यक भएकाले यस्ता टिप्पणी पनि हार्दिकतापूर्वक ग्रहण गरेको छु।

कानूनी बाध्यता त होला, तर छपटक असफल भएपछि राजनीतिक ढंगले सोच्नुपर्ने बेला भएन?
नेम्वाङ : राजनीतिक ढंगले मुलुकको वास्तविकता हेरेर निकास निकाल्नुपर्छ। यसनिम्ति दलहरूलाई औपचारिक र अनौपचारिक रूपमा पटकपटक आग्रह गरेको छु। बैठक राखेको छु। उदाहरणका लागि, भदौ ७ को निर्वाचनभन्दा अघिल्लो दिन मेरै कार्यकक्षमा सात दलका शीर्ष नेताको बैठक राखेँ। त्यहाँ देशको अवस्थाबारे व्याख्या गरेँ। जवाफदेहीता र नीति-कार्यक्रमविहीन अवस्था छ। शासन व्यवस्था, निर्वाचन प्रक्रिया र हामी सबैप्रति जनतामा वितृष्णा उत्पन्न भएको छ। यो स्थितिमा दलहरूले विवाद टुंगोमा पुर्‍याउन मुद्दागत रूपमा छलफल बढाउनुपर्‍यो, टुंगोमा पुर्‍याउनुपर्‍यो। कति समय मुलुकलाई यसरी अड्काएर राख्ने भनेर मैले प्रश्न राखेको छु। दलहरूले भदौ ६ गते प्रतिबद्धता व्यक्त गरे- ७ गते परिणाम नआए ८ देखि छलफल बढाउँछौं। मैले प्रत्येक दिन औपचारिक-अनौपचारिक रूपमा नेताहरूलाई सोधेको छु, तपाईंहरूले कतिवटा बैठक गर्नुभो? कति मुद्दा टुंग्याउनुभो? अब कति बाँकी छ? दलहरू नै एक ठाउँमा बसेर निष्कर्षमा पुग्नुको विकल्प छैन।

कोही 'डबल ह्याटि्रक' भन्दै खिल्ली उडाउने र अर्कातिर व्यवस्थाविरोधीहरू उत्साहित हुने? यो अवस्थामा सभामुखले कस्नसक्ने केही उपाय छैन?
नेम्वाङ : जति कस्ने भने पनि संविधान र नियम-अभ्यास छाड्न मिल्दैन। जस्तोसुकै अवस्थामा हामीले यसैभित्र रहेर काम गर्ने हो। दलहरूसमक्ष दुइटा विकल्प छन् - एउटा, देशलाई निकास दिन आफ्ना अडानहरू एक ठाउँमा राखेर प्रधानमन्त्रीको एउटा उम्मेदवार छान्छौं भन्नुपर्छ। दोस्रो, दलहरूले सहमति गर्नुपर्छ। सहमतिमै उभिएर प्रस्ताव फिर्ता गर्नुपर्छ र नयाँ सरकार दिनुपर्छ। कानुनी रूपमा यी दुई विकल्पमात्र छन्।

निकास निकाल्न अवशिष्ठ अधिकार र अन्तरनिहीत अधिकार पनि प्रयोग गर्नुभएन?
नेम्वाङ : यसमा मैले १-२ वटा कुरा प्रष्ट पार्नैपर्छ। अवशिष्ठ अधिकार, बाधाअड्काउ फुकाउ र व्याख्या गर्ने अधिकार कानुनले सभामुखलाई दिएको छ। नियम प्रष्ट हुँदा बाधाअड्काउ फुकाउको अधिकार प्रयोग गर्न मिल्दैन। प्रधानमन्त्री चयनसम्बन्धी प्रक्रिया यति प्रष्ट छ, त्यहाँ व्याख्याको गुञ्जायसै छैन। बाधाअड्काउ फुकाउको आदेश र निर्देश पनि दलहरूसँगको सल्लाह र सहमतिमा गर्नुपर्ने हुन्छ। किनभने, त्यस्तो आदेश भोलि नियमको अंग बन्छ। त्यसलाई पनि सदनले नै अनुमोदन गर्नुपर्छ।
जहाँसम्म अन्तरनिहीत अधिकारको प्रश्न छ, जुन कुरा नियम र संविधानमा प्रष्ट छ, त्यसलाई त्यहीबमोजिम गर्नुपर्छ। अधिकारका नाममा संविधान र नियमविपरीत हुनेगरी आदेश दिनु उपयुक्त हुँदैन। यो तरिका त शाहीकालमा विशिष्ट र अन्तरनिहीत अधिकारका नाममा गरिएका निरंकुश आदेशजस्तै हुन्छ कि हुँदैन? यसतर्फ विचार पुर्‍याउन मेरो आग्रह छ। जस्तोसुकै अप्ठ्यारोमा पनि कानुनको शासन र त्यसका मूल्य-मान्यताबाट विचलित हुनु हुँदैन।

पराजय दुई उम्मेदवारको मात्र नभई सभामुखको पनि हार हो भन्छन् नि?
नेम्वाङ : कसैले यतिपटक हारेँ भनेर उम्मेदवारलाई जिस्काउने गर्नुभएको छ। एकजना उम्मेदवारले 'म हैन, प्रणाली हार्‍यो' भन्नुभयो रे! अर्को उम्मेदवारले 'म हैन, संसद् हार्‍यो' भनेको सुनेँ। एक तटस्थ नेताले 'उम्मेदवार यतिपटक हारिसके, हामी हारेका छैनौं' भन्ने टिप्पणी गरेको पनि पढेँ।
हामीले स्थितिको गम्भीरता बु‰न सकेका छैनौं। जनताको शासन प्रणाली, निर्वाचन प्रक्रिया, दल र हामी सबैप्रति जुन कोणबाट प्रश्न उठ्न थालेका छन्, जनतामा जुन अन्योल, आशंका र वितृष्णा उत्पन्न भएको छ, देश जस्तो अवस्थामा जता गइरहेको छ, यसबाट हामी सबै हारेका छौं भन्ने कोणबाट बु‰नुपर्छ। त्यसो भए हामी एउटा निष्कर्षमा पुग्न सक्छौं।

अहिलेकै अवस्थामा प्रधानमन्त्रीको प्रस्ताव फिर्ता गरेर नयाँ प्रक्रियामा जानसक्ने व्यवस्था कानुनमा छ कि छैन?
नेम्वाङ : संसद् नियमावलीमा व्यवस्था छ। नियम २२ मा संसद्मा दर्ता भएको प्रस्तावका हकमा सभामुखको अनुमति लिएर प्रस्तावकले फिर्ता लिन सक्छन्। प्रस्ताव बैठकमा पेश भसकेको अवस्थामा पनि बैठकको अनुमति लिएर फिर्ता गर्नसक्ने व्यवस्था छ। यो फिर्ता लिन पनि दलहरूले राजनीतिक निर्णय गर्नुपर्छ, सहमतिमा पुग्नुपर्छ।

प्रधानमन्त्री चयन हुन नसकेकाले अब सरकारले राष्ट्रपतिलाई लेखेर पठाउने र राष्ट्रपतिले शासन गर्ने भन्ने सुझाव पनि दलकै नेताबाट आएको छ। यो सम्भव छ?
नेम्वाङ : राष्ट्रपतिजीसँग मेरो पनि पटकपटक कुरा भएको छ। उहाँ आफ्नोबारे प्रष्ट हुनुहुन्छ। संविधान र कानुनभन्दा बाहिर जाने कुनै सम्भावना छैन। संविधानले त्यसलाई अनुमति दिँदैन। अप्ठ्यारो भयो भनेर झन् अप्ठ्यारोमा पुग्ने निर्णय गर्न हुँदैन। सहमति गरेर यहीँबाटै निकास खोज्नुपर्छ।

यो संविधानसभा असफल भएकाले जनतामा ताजा जनादेशका लागि जानुपर्ने भन्ने विकल्प पनि आएको छ, यो सम्भव छ?
नेम्वाङ : अन्तरिम संविधानमा यही संविधानसभाले अहिलेसम्मका प्रक्रियालाई संस्थागत गर्ने भनेको छ। संघात्मकता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र आइएलओ महासन्धि १६९ का आधारलगायत सबै उपलब्धिलाई यही संविधानसभाले नयाँ संविधान बनाएर संस्थागत गर्नसक्छ। अन्तरिम संविधानले अरू कुनै विकल्पको परिकल्पना गरेन। यो कुरा हेक्का राख्नुपर्छ।
००७ सालदेखि अहिलेसम्म नेपाली जनताले संविधानसभामार्फत् संविधान बनाउने चाहना राखेका थिए, त्यो पूरा हुने आधार तयार भएको छ। अर्को निर्वाचन, त्यो पनि संविधानसभाको निर्वाचन गर्ने भन्ने जुन प्रश्न छ, यसबारे धेरै टिप्प्णी गर्न चाहन्नँ। यतिमात्रै भन्छु, अहिलेको अप्ठ्यारोको मुख्य कारण दलहरूबीचको चुलिँदो विवाद र तिक्तता नै हो। त्यही कारणले समयमा संविधान बनाउन र शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन सकिरहेका छैनौं। संविधानसभाले संविधान बनाउन नसकेकाले संविधानसभाको अर्को चुनाव गर्न जाउँ भन्नु 'हातको चरा उडाएर झाडीको चरा समाउन गए' जस्तो हुन्छ।
राजनीतिक रूपमा सोच्नुपर्ने कुराहरू थुप्रै छन्। चुनाव भनेर गए पनि चुनावै नहुने अवस्थामा पुगिएला। त्यसपछि के होला? आखिर चुनावै गर्न पनि त सहमति हुनुपर्‍यो। अन्तरिम संविधान संशोधन गरी नयाँ संविधानसभा चुनावको व्यवस्था गर्नुपर्ला। त्यसका लागि पनि त दलहरूबीच सहमति हुनुपर्‍यो। दलहरू सहमत भए भने त अहिले नै शान्ति र संविधान निर्माण प्रक्रिया टुंगोमा पुगिहाल्छ।

अहिलेको जटिलताको कारण के त, हामीले बनाएको प्रणालीमै खोट हो?
नेम्वाङ : यो छलफलको विषय हो। प्रक्रिया र नियमावलीका कमजोरीका कुरा उठेका छन्। हाम्रो प्रधानमन्त्री चयनको प्रक्रिया 'युनिक' छ। संसारमा यस्तो कहीँ भएको मलाई थाहा छैन। अन्तरिम संविधान जारीसँगै गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउँदादेखि यो प्रक्रिया अपनाएका हौं। प्रधानमन्त्री चयन गर्न राजाकहाँ जाने अवस्था थिएन, दलको सहमतिमा प्रधानमन्त्री चयन गर्ने भन्ने भयो। त्यसबेला संसद्मा प्रवेश गराएर त्यहीँ प्रधानमन्त्रीको नियुक्ति भएको थियो। त्यही प्रक्रियालाई हामीले नियममा राख्यौं।

राष्ट्रपतिको व्यवस्थापछि पनि किन त्यसैलाई निरन्तरता दिएको त?
नेम्वाङ : राष्ट्रपतिको व्यवस्थापछि संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रष्ट व्यवस्था राखौं भन्ने प्रस्ताव गरेको हुँ, दलहरू सहमत भएनन्। नियमावलीमा यस्ता अप्ठ्यारा छन्, संशोधन गर्ने भए गरौं पनि भनेको हुँ। दलहरू त्यसमा सहमत भएनन्।
कोइरालापछि पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त हुनुभो। माधवकुमार नेपाल पनि त्यही प्रक्रियाबाट प्रधानमन्त्री चयन हुनुभएको हो। अहिले भने छैठौंपटक चुनाव गरिसक्दा पनि प्रधानमन्त्री चुन्न सकेका छैनौं।
पहिलो र दोस्रो दल चुनाव लडेका छन्, तेस्रो र चौथो शक्ति तथा अरू साना दल तटस्थ छन्। उम्मेदवारले पाउने मतभन्दा बढी तटस्थमा मत छ। कसरी प्रक्रियाले परिणाम ल्याउन सक्छ? हिजो यही प्रक्रियाले तीनपटक परिणाम ल्यायो, अहिले ल्याएको छैन। त्यसैले मूल समस्या राजनीतिक दलहरूबीच देखा परेका समस्या र विवाद नै हुन्।

समाधान कसरी निस्केला? कहिलेसम्म परिणाम आउला?
नेम्वाङ : समाधान निकाल्न दलहरू नै छलफलमा बस्नुपर्छ। मैले पटकपटक दलहरू किन भनिरहेको छु भने, जुनसुकै कुराका लागि दलहरू नमिली हुँदैन। दलहरूले सहमति निकालेपछि अहिलेको प्रक्रिया समाप्त गरेर नयाँमा जान पनि सक्छौं। दलहरू सहमत भए अहिलेकै प्रक्रियाबाट मुलुकलाई प्रधानमन्त्री दिन पनि सक्छौं।
जनतामा निराशा र वितृष्णा बढ्दो छ। यो स्थिति कसैका लागि राम्रो हैन। जनतामा यो अवस्था आउनु भनेको सबैको हार हो। दलहरू अगाडि सर्नुपर्छ। त्यसका लागि हामीसँग धेरै समय छैन।

'प्रधानमन्त्री चयनमा मैले केही अधिकार प्रयोग गर्न मिल्दैन'


संसद्ले छपटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चुन्न नसकेपछि सभामुख सुवासचन्द्र नेम्वाङको भूमिकामाथि प्रश्न उठाउन थालिएको छ। उनले विशिष्ट अधिकार प्रयोग गरी नतिजा निकाल्नुपर्नेमा त्यसो नगरेको आरोप लगाइएको छ। नतिजा नआउने निश्चित हुँदाहुँदै पटकपटक चुनाव गराएको र व्यवस्थै बद्नाम हुन लाग्दा पनि मूकदर्शक भएको उनीमाथि आरोप छ। प्रधानमन्त्री निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर उनीसँग माधव ढुङ्गेलले गरेको संवाद :

परिणाम नआउने थाहा हुँदाहुँदै पटकपटक प्रधानमन्त्रीको चुनाव राख्नुभो। यसले राजनीतिक व्यवस्था र संसदीय प्रक्रियाको खिल्ली उडाएन?
नेम्वाङ : प्रधानमन्त्री चयनका सम्बन्धमा संविधान र संसद् सञ्चालन नियमावलीबमोजिम नै चुनाव गराइएको हो। बहुमत नपुगेसम्म पराजित उम्मेदवारको प्रस्तावलाई निर्णय गर्न अर्को बैठकको मिति तोक्नुपर्छ। संविधानको व्यवस्थाबमोजिम जहिलेसम्म बहुमत प्राप्त हुँदैन, तबसम्म यो प्रक्रिया दोहोर्‍याइरहनुपर्छ।
चुनावबाट परिणाम आउनुपर्छ भन्नेमा विवादै छैन। मैले पछिल्लो समय आधा घन्टाका लागि संसद् स्थगित गरेर कार्यव्यवस्था राखी त्यसको सुझावमा अर्को बैठक तोक्ने अभ्यास सुरु गरेको छु। सबै दलले यो दिन प्रधानमन्त्री चयन गर्नुपर्छ भनेर माग गरेअनुसार बैठक तोक्ने गरेको छु। प्रधानमन्त्री चयन नहुञ्जेल तिथि तोक्दै जाने नियम र अभ्यासको व्यवस्था हो। बाध्यता हो।

यो अवस्थामा पुग्दा पनि सभामुखले हस्तक्षेप गर्न सक्नुभएन, टुलुटुलु हेरेर बस्नुभो भनिन्छ नि?
नेम्वाङ : टुलुटुलु हेरेको भन्न मिल्दैन। थप पहल आवश्यक भएकाले यस्ता टिप्पणी पनि हार्दिकतापूर्वक ग्रहण गरेको छु।

कानूनी बाध्यता त होला, तर छपटक असफल भएपछि राजनीतिक ढंगले सोच्नुपर्ने बेला भएन?
नेम्वाङ : राजनीतिक ढंगले मुलुकको वास्तविकता हेरेर निकास निकाल्नुपर्छ। यसनिम्ति दलहरूलाई औपचारिक र अनौपचारिक रूपमा पटकपटक आग्रह गरेको छु। बैठक राखेको छु। उदाहरणका लागि, भदौ ७ को निर्वाचनभन्दा अघिल्लो दिन मेरै कार्यकक्षमा सात दलका शीर्ष नेताको बैठक राखेँ। त्यहाँ देशको अवस्थाबारे व्याख्या गरेँ। जवाफदेहीता र नीति-कार्यक्रमविहीन अवस्था छ। शासन व्यवस्था, निर्वाचन प्रक्रिया र हामी सबैप्रति जनतामा वितृष्णा उत्पन्न भएको छ। यो स्थितिमा दलहरूले विवाद टुंगोमा पुर्‍याउन मुद्दागत रूपमा छलफल बढाउनुपर्‍यो, टुंगोमा पुर्‍याउनुपर्‍यो। कति समय मुलुकलाई यसरी अड्काएर राख्ने भनेर मैले प्रश्न राखेको छु। दलहरूले भदौ ६ गते प्रतिबद्धता व्यक्त गरे- ७ गते परिणाम नआए ८ देखि छलफल बढाउँछौं। मैले प्रत्येक दिन औपचारिक-अनौपचारिक रूपमा नेताहरूलाई सोधेको छु, तपाईंहरूले कतिवटा बैठक गर्नुभो? कति मुद्दा टुंग्याउनुभो? अब कति बाँकी छ? दलहरू नै एक ठाउँमा बसेर निष्कर्षमा पुग्नुको विकल्प छैन।

कोही 'डबल ह्याटि्रक' भन्दै खिल्ली उडाउने र अर्कातिर व्यवस्थाविरोधीहरू उत्साहित हुने? यो अवस्थामा सभामुखले कस्नसक्ने केही उपाय छैन?
नेम्वाङ : जति कस्ने भने पनि संविधान र नियम-अभ्यास छाड्न मिल्दैन। जस्तोसुकै अवस्थामा हामीले यसैभित्र रहेर काम गर्ने हो। दलहरूसमक्ष दुइटा विकल्प छन् - एउटा, देशलाई निकास दिन आफ्ना अडानहरू एक ठाउँमा राखेर प्रधानमन्त्रीको एउटा उम्मेदवार छान्छौं भन्नुपर्छ। दोस्रो, दलहरूले सहमति गर्नुपर्छ। सहमतिमै उभिएर प्रस्ताव फिर्ता गर्नुपर्छ र नयाँ सरकार दिनुपर्छ। कानुनी रूपमा यी दुई विकल्पमात्र छन्।

निकास निकाल्न अवशिष्ठ अधिकार र अन्तरनिहीत अधिकार पनि प्रयोग गर्नुभएन?
नेम्वाङ : यसमा मैले १-२ वटा कुरा प्रष्ट पार्नैपर्छ। अवशिष्ठ अधिकार, बाधाअड्काउ फुकाउ र व्याख्या गर्ने अधिकार कानुनले सभामुखलाई दिएको छ। नियम प्रष्ट हुँदा बाधाअड्काउ फुकाउको अधिकार प्रयोग गर्न मिल्दैन। प्रधानमन्त्री चयनसम्बन्धी प्रक्रिया यति प्रष्ट छ, त्यहाँ व्याख्याको गुञ्जायसै छैन। बाधाअड्काउ फुकाउको आदेश र निर्देश पनि दलहरूसँगको सल्लाह र सहमतिमा गर्नुपर्ने हुन्छ। किनभने, त्यस्तो आदेश भोलि नियमको अंग बन्छ। त्यसलाई पनि सदनले नै अनुमोदन गर्नुपर्छ।
जहाँसम्म अन्तरनिहीत अधिकारको प्रश्न छ, जुन कुरा नियम र संविधानमा प्रष्ट छ, त्यसलाई त्यहीबमोजिम गर्नुपर्छ। अधिकारका नाममा संविधान र नियमविपरीत हुनेगरी आदेश दिनु उपयुक्त हुँदैन। यो तरिका त शाहीकालमा विशिष्ट र अन्तरनिहीत अधिकारका नाममा गरिएका निरंकुश आदेशजस्तै हुन्छ कि हुँदैन? यसतर्फ विचार पुर्‍याउन मेरो आग्रह छ। जस्तोसुकै अप्ठ्यारोमा पनि कानुनको शासन र त्यसका मूल्य-मान्यताबाट विचलित हुनु हुँदैन।

पराजय दुई उम्मेदवारको मात्र नभई सभामुखको पनि हार हो भन्छन् नि?
नेम्वाङ : कसैले यतिपटक हारेँ भनेर उम्मेदवारलाई जिस्काउने गर्नुभएको छ। एकजना उम्मेदवारले 'म हैन, प्रणाली हार्‍यो' भन्नुभयो रे! अर्को उम्मेदवारले 'म हैन, संसद् हार्‍यो' भनेको सुनेँ। एक तटस्थ नेताले 'उम्मेदवार यतिपटक हारिसके, हामी हारेका छैनौं' भन्ने टिप्पणी गरेको पनि पढेँ।
हामीले स्थितिको गम्भीरता बु‰न सकेका छैनौं। जनताको शासन प्रणाली, निर्वाचन प्रक्रिया, दल र हामी सबैप्रति जुन कोणबाट प्रश्न उठ्न थालेका छन्, जनतामा जुन अन्योल, आशंका र वितृष्णा उत्पन्न भएको छ, देश जस्तो अवस्थामा जता गइरहेको छ, यसबाट हामी सबै हारेका छौं भन्ने कोणबाट बु‰नुपर्छ। त्यसो भए हामी एउटा निष्कर्षमा पुग्न सक्छौं।

अहिलेकै अवस्थामा प्रधानमन्त्रीको प्रस्ताव फिर्ता गरेर नयाँ प्रक्रियामा जानसक्ने व्यवस्था कानुनमा छ कि छैन?
नेम्वाङ : संसद् नियमावलीमा व्यवस्था छ। नियम २२ मा संसद्मा दर्ता भएको प्रस्तावका हकमा सभामुखको अनुमति लिएर प्रस्तावकले फिर्ता लिन सक्छन्। प्रस्ताव बैठकमा पेश भसकेको अवस्थामा पनि बैठकको अनुमति लिएर फिर्ता गर्नसक्ने व्यवस्था छ। यो फिर्ता लिन पनि दलहरूले राजनीतिक निर्णय गर्नुपर्छ, सहमतिमा पुग्नुपर्छ।

प्रधानमन्त्री चयन हुन नसकेकाले अब सरकारले राष्ट्रपतिलाई लेखेर पठाउने र राष्ट्रपतिले शासन गर्ने भन्ने सुझाव पनि दलकै नेताबाट आएको छ। यो सम्भव छ?
नेम्वाङ : राष्ट्रपतिजीसँग मेरो पनि पटकपटक कुरा भएको छ। उहाँ आफ्नोबारे प्रष्ट हुनुहुन्छ। संविधान र कानुनभन्दा बाहिर जाने कुनै सम्भावना छैन। संविधानले त्यसलाई अनुमति दिँदैन। अप्ठ्यारो भयो भनेर झन् अप्ठ्यारोमा पुग्ने निर्णय गर्न हुँदैन। सहमति गरेर यहीँबाटै निकास खोज्नुपर्छ।

यो संविधानसभा असफल भएकाले जनतामा ताजा जनादेशका लागि जानुपर्ने भन्ने विकल्प पनि आएको छ, यो सम्भव छ?
नेम्वाङ : अन्तरिम संविधानमा यही संविधानसभाले अहिलेसम्मका प्रक्रियालाई संस्थागत गर्ने भनेको छ। संघात्मकता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र आइएलओ महासन्धि १६९ का आधारलगायत सबै उपलब्धिलाई यही संविधानसभाले नयाँ संविधान बनाएर संस्थागत गर्नसक्छ। अन्तरिम संविधानले अरू कुनै विकल्पको परिकल्पना गरेन। यो कुरा हेक्का राख्नुपर्छ।
००७ सालदेखि अहिलेसम्म नेपाली जनताले संविधानसभामार्फत् संविधान बनाउने चाहना राखेका थिए, त्यो पूरा हुने आधार तयार भएको छ। अर्को निर्वाचन, त्यो पनि संविधानसभाको निर्वाचन गर्ने भन्ने जुन प्रश्न छ, यसबारे धेरै टिप्प्णी गर्न चाहन्नँ। यतिमात्रै भन्छु, अहिलेको अप्ठ्यारोको मुख्य कारण दलहरूबीचको चुलिँदो विवाद र तिक्तता नै हो। त्यही कारणले समयमा संविधान बनाउन र शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन सकिरहेका छैनौं। संविधानसभाले संविधान बनाउन नसकेकाले संविधानसभाको अर्को चुनाव गर्न जाउँ भन्नु 'हातको चरा उडाएर झाडीको चरा समाउन गए' जस्तो हुन्छ।
राजनीतिक रूपमा सोच्नुपर्ने कुराहरू थुप्रै छन्। चुनाव भनेर गए पनि चुनावै नहुने अवस्थामा पुगिएला। त्यसपछि के होला? आखिर चुनावै गर्न पनि त सहमति हुनुपर्‍यो। अन्तरिम संविधान संशोधन गरी नयाँ संविधानसभा चुनावको व्यवस्था गर्नुपर्ला। त्यसका लागि पनि त दलहरूबीच सहमति हुनुपर्‍यो। दलहरू सहमत भए भने त अहिले नै शान्ति र संविधान निर्माण प्रक्रिया टुंगोमा पुगिहाल्छ।

अहिलेको जटिलताको कारण के त, हामीले बनाएको प्रणालीमै खोट हो?
नेम्वाङ : यो छलफलको विषय हो। प्रक्रिया र नियमावलीका कमजोरीका कुरा उठेका छन्। हाम्रो प्रधानमन्त्री चयनको प्रक्रिया 'युनिक' छ। संसारमा यस्तो कहीँ भएको मलाई थाहा छैन। अन्तरिम संविधान जारीसँगै गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउँदादेखि यो प्रक्रिया अपनाएका हौं। प्रधानमन्त्री चयन गर्न राजाकहाँ जाने अवस्था थिएन, दलको सहमतिमा प्रधानमन्त्री चयन गर्ने भन्ने भयो। त्यसबेला संसद्मा प्रवेश गराएर त्यहीँ प्रधानमन्त्रीको नियुक्ति भएको थियो। त्यही प्रक्रियालाई हामीले नियममा राख्यौं।

राष्ट्रपतिको व्यवस्थापछि पनि किन त्यसैलाई निरन्तरता दिएको त?
नेम्वाङ : राष्ट्रपतिको व्यवस्थापछि संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रष्ट व्यवस्था राखौं भन्ने प्रस्ताव गरेको हुँ, दलहरू सहमत भएनन्। नियमावलीमा यस्ता अप्ठ्यारा छन्, संशोधन गर्ने भए गरौं पनि भनेको हुँ। दलहरू त्यसमा सहमत भएनन्।
कोइरालापछि पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त हुनुभो। माधवकुमार नेपाल पनि त्यही प्रक्रियाबाट प्रधानमन्त्री चयन हुनुभएको हो। अहिले भने छैठौंपटक चुनाव गरिसक्दा पनि प्रधानमन्त्री चुन्न सकेका छैनौं।
पहिलो र दोस्रो दल चुनाव लडेका छन्, तेस्रो र चौथो शक्ति तथा अरू साना दल तटस्थ छन्। उम्मेदवारले पाउने मतभन्दा बढी तटस्थमा मत छ। कसरी प्रक्रियाले परिणाम ल्याउन सक्छ? हिजो यही प्रक्रियाले तीनपटक परिणाम ल्यायो, अहिले ल्याएको छैन। त्यसैले मूल समस्या राजनीतिक दलहरूबीच देखा परेका समस्या र विवाद नै हुन्।

समाधान कसरी निस्केला? कहिलेसम्म परिणाम आउला?
नेम्वाङ : समाधान निकाल्न दलहरू नै छलफलमा बस्नुपर्छ। मैले पटकपटक दलहरू किन भनिरहेको छु भने, जुनसुकै कुराका लागि दलहरू नमिली हुँदैन। दलहरूले सहमति निकालेपछि अहिलेको प्रक्रिया समाप्त गरेर नयाँमा जान पनि सक्छौं। दलहरू सहमत भए अहिलेकै प्रक्रियाबाट मुलुकलाई प्रधानमन्त्री दिन पनि सक्छौं।
जनतामा निराशा र वितृष्णा बढ्दो छ। यो स्थिति कसैका लागि राम्रो हैन। जनतामा यो अवस्था आउनु भनेको सबैको हार हो। दलहरू अगाडि सर्नुपर्छ। त्यसका लागि हामीसँग धेरै समय छैन।

शान्तिसम्झौतालाई परिवर्तन गर्ने अधिकार यो सरकारलाई कसले दियो?

अनमिन विवाद बारे नागरिकन्युजकर्मी भोजराज भाटले माओवादी नेता बाबुराम भट्टराईसँग गरेको कुराकानी-

सरकारले राष्ट्रसंघमा पठाएको पत्रबारे तपाईंको टिप्पणी के छ?
अनमिनविरुद्ध जुनखाले अभियान थालिएको छ, त्यो ठीक होइन। शान्ति प्रक्रिया सहज बनाउनका निम्ति अन्तर्राष्ट्रिय संस्था अनमिन यहाँ छ, आगामी छ महिनाभित्र टुंग्याउनतिर हामी गइरहेका वेला अनमिनको उपस्थित स्वतः अनिवार्य हुन्छ। एकापट्टि अनमिनको औचित्य छैन भन्ने प्रपोगाण्डा मच्चाउने, अर्कोपट्टि अनमिनको कार्यविधि घटाएर मात्र म्याद थप भन्ने आसयको पत्र जुन पठाइएको छ,त्यो शान्ति-सम्झौंताको स्पीरिटविपरित छ। शान्तिसम्झौंताको अर्को हिस्सा माओवादीसँग कुनै सरसल्लाह नगरिकन एकपक्षीय ढंगले कार्यदेश परिवर्तन गर्ने अधिकार यो सरकारलाई छैन। यो त एउटा कामचलाऊ सरकार हो।

अनमिनको म्याद शान्तिप्रक्रिया नटुंगिएसम्म उसको उपस्थिति यहाँ रहनुपर्छ र उसको जुन कार्यदेश छ, त्यो यथावत कायम राखिनुपर्छ।

सरकारले एउटा सेनाको मात्रै भनेर पत्र लेखेको छ नि?
त्यो त गलत हो, दुईटै सेनाको अनुगमन गर्ने हो। शान्तिसम्झौंताको स्पिरिट भनेको दुईटै सेनामा क्याण्टोनमेण्टमा राखेर हातहतियार र सेनाको अनुगमन गर्ने भनिएको हो। शान्तिसम्झौतालाई परिवर्तन गर्ने यो सरकारलाई कसले अधिकार दियो? सहमतिले बाहेक अरु ढंगले गर्नै मिल्दैन। यो सिधै शान्तिसम्झौताको ठाडो उल्लंघन हो, त्यसको हामी पूरै विरोध गर्छौ। यसले शान्तिप्रक्रियालाई धरापमा पार्छ। त्यो खतराप्रति हामी सबैलाई सचेत गराउँछौ।

नेपाली सेनाको बाधा-व्यवधान फुकाउने बारेमा माओवादीसँग सहमति लिएको पत्रमा उल्लेख गरिएको छ नि?
कहाँ बाधा व्यवधान भएको हो, त्यो भन्नुपर्‍यो। दुबै पक्षबाट वार्ता गरेर सहमतिबाट टुंग्याउने कुरा हुन्छ। अनुगमन गर्ने भन्ने कुरा शान्तिप्रक्रियाअन्तर्गत विधिसम्मत् ढंगले गर्ने न हुन्छ। शान्तिप्रक्रिया नटुंगेसम्म दुईटा अनमिनको अनुमगन राख्ने भनिएको हो। एउटालाई अनुगमन गर्ने, अर्कोको नगर्ने भन्ने प्रश्नै उठ्दैन।

भनेपछि नेपाली सेनालाई परेको बाधा फुकाऊ गर्न एकीकृत माओवादी लचकता देखाउन तयार छ?
होइन, केमा बाधा परेको, भने भइहाल्यो नि। आखिर दुईटै सेना राष्ट्रिय सेना हुन्। विस्तृत शान्तिसम्झौता अनुरुप दुईटै राज्यका सेना हुन्। दुईटैको समस्या एकले समाधान नगर्ने प्रश्नै छैन।

महेन्द्र बिपीलाई फर्काउन चाहन्थे

महेन्द्रलाई पछिल्लो समय बिपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकोमा ठूलो पछुतो थियो। निधन हुनु सात दिनअघि उनले संविधानका केही धारा फेरबदल गरेर बिपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने चाहना व्यक्त गरेका थिए। आफैंले 'कू' गरेर सत्ताच्युत गरेका प्रधानमन्त्रीलाई आफैंले राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय इतिहासको गर्भमा त्यसै हरायो।

वीरेन्द्रको सबभन्दा ठूलो भुल यही हो। उनले बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनेबित्तिकै बुबा (महेन्द्र) ले मर्नुभन्दा अगाडि गर्न खोजेको काम पुरा गर्नुपर्थो

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बिपीसित मेरो हिमचिम बढ्यो। जनमत संग्रहपछि त हाम्रो सम्बन्ध राजनीतिमा मात्र सीमित रहेन, पारिवारिकै बन्न पुग्यो।


बिपी अक्सर मकहाँ आइरहन्थे। उनी आएपछि घरको माहोलै बेग्लै हुन्थ्यो। हामी राजनीतिक छलफल गर्थ्यौं, पारिवारिक कुरा हुन्थे। एकदिन बिपीले मसँग जिज्ञासा राखे, 'महेन्द्रले 'कू' गर्नुको कारण के थियो?'
महेन्द्रकै कार्यकालमा २०२६ सालमा प्रधानमन्त्री भएकोले उनलाई लागेको हुनसक्छ, राजाले मलाई धेरै कुरा बताएका छन्। तर, २०१७ सालमा म भर्खर राजनीतिमा संघर्ष गरिरहेको थिएँ।
मैले जवाफ दिएँ, 'मलाई के सोध्नुहुन्छ। तपाईंकै प्रिय मान्छे विश्वबन्धु र तुलसीलाई सोध्नू न।'
त्यसपछि उनले कहिल्यै यो कुरा उप्काएनन्।
जनमत संग्रहताकै बिपीले मलाई प्रस्ताव राखे, 'तपाईं पनि राष्ट्रवादी सोचको मान्छे। किन हामी एकै ठाउँ मिलेर काम नगर्ने?'
मैले बिपीलाई आफू लामो समयदेखि पञ्चायतमा सक्रिय रहेको सम्झाउँदै भनेँ, 'तपाईंको कुरा ठिक हो। तर, म अहिले राजासँग लागेको छु। अहिले छाडेँ भने घात हुँदैन। धोका दिएजस्तो हुँदैन।'
बिपीले फेरि दोहोर्‍याएर त्यो कुरा झिकेनन्।
त्यही समयतिर स्याङ्जामा बिपीलाई झन्डै मारेको। त्यतिबेला बहुदल र निर्दलबीच ठूलो कटुता थियो। जसले पायो, त्यसले सिध्याउने। म पनि पञ्चायततिरबाट सक्रिय थिएँ। गोरखामा भाषण गर्न गएको, कांग्रेस समर्थकले झन्डै मारे। रातभरि पुलिस एस्कर्टिङमा बस्नुपर्‍यो। दमौलीमा त्यस्तै।
बिपीले यो खबर पाएछन्।
उनले आफ्ना कार्यकर्तालाई बोलाएर हकारे, 'के गरेको यस्तो? कीर्तिनिधिजीको विरोध किन गरेको? उनी पञ्चायतमा छन् भन्दैमा आफ्नो विचार राख्न नपाउने?'
सच्चा प्रजातन्त्रवादी हुन् बिपी, जो सबैको विचारलाई उत्तिकै कदर गर्थे।
...


बिपी सानो-सानो कुरा पनि हेक्का राख्थे। जनतामा जान भनेपछि भित्रैदेखि रमाउँथे। प्रजातन्त्र र प्रजातान्त्रिक चरित्रमा चट्टानजस्तै अडिग। कसैप्रति उनको रोष थिएन। न कसैप्रति दुर्भावै राख्थे। प्रजातान्त्रिक आस्थामा विश्वास गर्ने र राष्ट्रवादीलाई एकजुट बनाएर लानुपर्छ भन्ने उनको सोच थियो। जीवनभर दरबारबाट प्रताडित भए। तर, उनले आवेशमा आएर राजसंस्थाको कहिल्यै विरोध गरेनन्। मान्छे खराब हुन सक्ला, तर संस्था खराब हुँदैन भन्ने उनको मान्यता थियो। यहाँसम्म कि, महेन्द्रले उनीमाथि त्यत्रो अन्याय गरे, तैपनि महेन्द्रप्रति कहिल्यै तुष राखेनन्।
एउटा महान् नेतामा हुनुपर्ने गुण यही हो- व्यक्तिलाई भन्दा राज्यलाई प्राथमिकता दिने।
अहिले सम्झन्छु, आखिर किन महेन्द्रले आफूले त्यतिविधि मानेका नेतालाई पद्च्युत गरे? किनकि, मैले देख्दा, महेन्द्र पनि बिपीप्रति कुनै पूर्वाग्रह राख्थेनन्। बिपीको कुरा हुँदा उनको भावै अर्को हुन्थ्यो। भन्थे, 'पिएम (प्रधानमन्त्री) हुनलायक मान्छे त बिपी नै हो।'
महेन्द्रलाई पछिल्लो समय बिपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकोमा ठूलो पछुतो थियो। एकदिन उनले हामीलाई (त्यतिबेला म प्रधानमन्त्री थिएँ) बोलाए। र, संविधानका केही धारा फेरबदल गरेर बिपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने मनसाय व्यक्त गरे।
त्यसको सात दिनमै महेन्द्रको निधन भयो। आफैंले 'कू' गरेर सत्ताच्युत गरेका प्रधानमन्त्रीलाई आफैंले राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय इतिहासको गर्भमा त्यसै हरायो।
...


बिपी २०३३ सालमा 'राजाको घाटी मसँग जोडिएको छ' भन्दै फर्किएका हुन्। तर, उनको मेलमिलापको नीतिभित्र लुकेको मनसाय दरबारले बु‰न सकेन। त्यसैको परिणाम हो - अहिले देशमा राजसंस्था छैन।
बिपीले त्यत्रो खतरा मोलेर देश फर्किएपछि त्यसभित्र के अर्थ लुकेको छ भन्ने दरबारले बु‰न सक्नुपर्थ्यो। बु‰ने कोसिस गर्नुपर्थ्यो। तर, खराब सल्लाहकारहरूका पछाडि लागेर फेरि बिपीलाई राष्ट्रिय राजनीतिबाट अलग राख्ने काम भयो।
वीरेन्द्रको सबभन्दा ठूलो भुल यही हो। उनले बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनेबित्तिकै बुबा (महेन्द्र) ले मर्नुभन्दा अगाडि गर्न खोजेको काम पुरा गर्नुपर्थो।
...


जनमत संग्रहताक बिपी दिनहुँजसो मेरो घर आउँथे। एकपल्ट नास्ता खाइरहँदा सोधे, 'कीर्तिनिधिजी, जनमत संग्रहमा हामी जित्छौं हैन?'
मैले फ्याट्ट जवाफ दिएँ, 'जित्नुहुन्न। तपाईंहरूको संगठन कमजोर छ। फेरि अलिकति चलखेल त भइहाल्छ।'
बिपी हाँसे।
'तपाईंले गल्ती भन्नुभयो। चुनाव त हामी नै जित्छौं,' कोठामा सँगै बसेका मेरा छोराछोरीतिर देखाउँदै भने, 'सोध्नुस् त तपाईंका छोराछोरीलाई, उनीहरू पनि हामीलाई नै भोट हाल्छन्।'
एकचोटि मृगेन्द्रशमशेरका छोराले खाना खाने निम्तो दिएका थिए। बिपीसँगै किसुनजी र गणेशमान पनि आएका थिए। मैले त्यहाँ पनि भनेँ, 'कांग्रेसले जित्दैन।'
त्यतिबेला गणेशमानलगायत सबैले मेरो मजाक उडाए। आखिर चुनावमा त्यही भयो।
गणेशमानले विरोध गर्नुपर्छ भने। तर, बिपीको तर्क थियो, 'हामीले जनमतको अपमान गर्नुहुन्न।'
बिपीलाई थाहा थियो, चुनावमा धाँधली भएको छ। तर, उनी प्रजातान्त्रिक अभ्यास सुरु हुन लागेकोमा खुसी थिए।
...


बिपी मलाई खुब आदर गर्थे। मलाई भने उनको व्यवहारले लाज लाग्थ्यो। भन्थेँ, 'बिपीबाबु, तपाईं मैले मानेको नेता। मेरो अग्रज पनि। त्यसैले, मलाई धेरै माथि चढाएर सम्मान नगर्नुस्।'
बिपीले मलाई धेरै आदर गरेको अरूलाई पनि मन परेको रहेनछ। एकदिन घरमा सबै भएका बेला गणेशमानजीले कुरा झिके, 'के हो बिष्टजी, तपाईंले त हाम्रो नेतालाई मोहनी लाउनुभएजस्तो छ नि! तर, बिष्टजी, म यो मान्दिनँ। तपाईंहरूले कति दुःख दिनुभयो हामीलाई।'
म बिपीलाई जोगी भन्थेँ। इमानदार नेता। राज्यले पनि उनलाई चिन्न सकेन। प्रधानमन्त्री भइसकेको मान्छेलाई राज्यले एउटा सुविधा पनि दिएन। उनीसँग मोटर थिएन। एकपल्ट प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम थियो। त्यहाँ राजा वीरेन्द्र र म थियौं। बिपीलाई पनि निम्तो गरिएको रहेछ।
फर्किने बेला सबै गाडीमा गइहाले। बिपी त्यतिबेला चाबहिलमा भाइ तारिणीसँग बस्थे। उनले मनजिक आएर भने, 'कीर्तिनिधिजी, म तपाईंको मोटरमा जान्छु।'
मैले श्रीमतीलाई पछाडि बसाएर बिपीलाई अगाडि सिटमा राखेर घर छोडिदिएँ। पछि पुरै हल्लाखल्ला भएछ। कुरा दरबारसम्म पुगेछ - 'कीर्तिनिधि त बिपीसँग मिल्यो। एउटै गाडीमा हिँड्छ।'
...


यो २०१५ सालको कुरा हो। बिपी प्रधानमन्त्री थिए। म कांग्रेसको विरोधी पार्टीका रूपमा डिल्लीरमण रेग्मीले स्थापना गरेको नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध थिएँ। हामी २ पैसामा बिक्री हुने पत्रिका निकाल्दै कांग्रेसको विरोध गर्थ्यौं। राष्ट्रिय कांग्रेस पनि प्रजातन्त्रमै आस्था राख्ने पार्टी हो। तर, केही कुरामा कांग्रेससँग हाम्रो 'रिजर्भेसन' थियो। हामी आफूलाई मन नपरेको कांग्रेसको नीति-नियमबारे पत्रिकामा छाप्थ्यौं।
एकदिन विशालनगरतिर हिँड्दै थिएँ। बिपी गाडीमा आए। मलाई देखेछन्। गाडी रोकेर सोधे, 'कीर्तिनिधिजी, कता जान लागेको?'
त्यतिबेला काठमाडौंका प्रायः मान्छेको 'जंक्सन' न्युरोड हुन्थ्यो। मैले पनि त्यहीँ जान लागेको बताएँ। बिपीले मलाई आफ्नो गाडीमा हालेर न्युरोड गेटभन्दा अगाडिको महांकाल मन्दिरनिर छोडिदिए।
म बिपीप्रति अनुग्रहित भएँ। त्यतिबेला राष्ट्रिय कंग्रेसको जग त्यति बलियो थिएन। त्यही पनि बिपीले २०१५ सालको निर्वाचनमा सँगै मिलेर लड्न आग्रह गरेका थिए। बिपीलाई सुरुमा आफ्नो त्यति धेरै मत आउँछ भन्ने लागेको रहेनछ।
त्यो निर्वाचनमा हामीले १ भोट पनि ल्याएनौं।
...


२०३९ सालतिर उपचारका लागि विदेश लैजानुअघि म बिपीलाई भेट्न चाबहिल पुगेको थिएँ।
पावरवाला चस्माबाट पुलुक्क मतिर हेर्दै उनले भने, 'को, कीर्तिनिधिजी? म आउँछु भन्दै थिएँ।'
त्यसपछि न उनी मेरो घर आए। न उनीसँग मेरो भेट भयो

बिपी र मातृका

मातृका प्रधानमन्त्री हुँदा बिपीको ठूलो भाषण थियो, टुँडिखेलमा। त्यहाँ बिपीमाथि आक्रमण भयो। मञ्चमा बसेकी सुशिला (बिपीकी श्रीमती) माथि अभद्र व्यवहार भयो। त्यसपछि दाजुभाइको झगडा बाहिरै छताछुल्ल भयो

एकपल्ट चन्द्रशमशेरले मेरो पिताजी राममणि दीक्षितलाई भने, 'यो काम कृष्णप्रसाद (बिपीका बाबु) को होइन। उनको नाम त्यसै पोलियो। यो काम युगमायाको हो।'
त्यतिबेला मेरो पिताजी चन्द्रशमशेरकै जागिरे थिए।
चन्द्रशमशेरलाई 'हेर तिम्रो जनताको हालत' भनेर फाटेको चोलो र थोत्रो धोती पठाउने काम सरदार कालिदासकी श्रीमती युगमायाले गरेकी थिइन्। युगमाया कृष्णप्रसादकी भाउजु हुन्। जुद्धशमशेरकै पालामा उनको अगुवाइमा महिला संगठन खुलिसकेको थियो। चेतनाको हिसाबले निकै तीक्ष्ण।
कृष्णप्रसाद व्यापारी मान्छे थिए, विराटनगरको ठेक्का लिएको। पछि मौजा बुझाउन सकेनन्। सबै सम्पत्ति रोक्का भयो। त्यसपछि उनी भारत लागे। त्यहाँ अंग्रेजविरुद्ध आन्दोलनको तयारी भइरहेको थियो। त्यहीँ उनको भेट थुप्रै भारतीय नेताहरूसँग भयो। नयाँ विचार मन्थन गर्ने अवसर जुर्‍यो। राजनीतिक चेतनाको प्रादुर्भाव हुन थाल्यो।
...


बिपीसँग हाम्रो अर्को सम्बन्ध छ। मेरा पिताजी बिपीका मामा। उनकी दिदीसँग पिताजीको विवाह भएको थियो। घरमा निकै आवतजावत हुन्थ्यो।
२००७ सालअघि बिपीलाई भेटेको मलाई याद छैन। मातृकाबाबु (मातृकाप्रसाद कोइराला) सँग भने पहिल्यैदेखि भेटघाट हुन्थ्यो। उनी मेरो ब्रतबन्धमा पनि आएका थिए।
मातृका कर्मचारी थिए, राणाकालमै। मातृका र बिपीकी आमा फरक हुन्। पारिवारिक मनमुटाव पहिल्यैदेखि थियो। मातृका प्रधानमन्त्री हुँदा बिपीको ठूलो भाषण थियो, टुँडिखेलमा। म पनि भाषण सुन्न गएको थिएँ। तर, गुन्डागर्दीको शैलीमा बिपीमाथि आक्रमण भयो। मञ्चमा बसेकी सुशिला (बिपीकी श्रीमती) माथि अभद्र व्यवहार भयो।
त्यसपछि यी दुई दाजुभाइको झगडा घरमा सीमित रहेन। बाहिरै छताछुल्ल भयो।
...


बिपी र मातृकाको स्वभावमा आकाशपातालको अन्तर छ। मातृका कूटनीतिक स्वभावका थिए। त्रिभुवनको पनि अत्यन्त प्यारो। उनले पैसा पनि राम्रै कमाए। जहिल्यै राम्रो पदमा रहेर काम गरे। दरबारले खुसी भएर उनलाई जर्नेल पदै दिएको थियो।
त्यसको ठिक उल्टो, बिपी दूरदर्शी र स्पष्ट राजनीति सोच भएका शुद्ध नेता थिए। कुरा केही नलुकाउने। आफ्नो अडानमा चट्टानजस्तै मजबुत। मेरो विचारमा यी दाजुभाइ मिलेर काम गरेको भए नेपालको उन्नति हुने थियो।
बिपी धेरै भारतमा बसे। त्यही भएर यहाँको प्रशासनिक वातावरणसँग त्यति घुलमिल थिएनन्। तर, मातृकाले सबै बुझेका थए। उनीसँग प्रशासनमा काम गरेको अनुभव पनि थियो।
...


बिपीलाई सत्तामा नपुर्‍याउन भारत, र त्यसमा पनि नेहरूले गोटी चाले। त्यसमा पनि मातृकाबाबुलाई नै प्रयोग गरियो।
मोहनशमशेरपछि मातृका प्रधानमन्त्री भए। त्यतिबेला भारतको नांगो हस्तक्षेप देखियो। नेपालीहरूले मातृका प्रधानमन्त्री भएको खबरै भारतीय रेडियोबाट पाए। २००९ सालमा राजा त्रिभुवन मोहनशमशेरको वर्तमान मन्त्रिमण्डल भंग गर्न र ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्न नयाँ दिल्ली पुगेका थिए, नेहरूसँग परामर्शका लागि।
बिपीविरुद्ध त्यतिबेला चारवटा प्रधानमन्त्रीको प्रयोग भयो। केही नलागेपछि २०१५ सालमा निर्वाचन गर्नेपर्ने बाध्यता आयो। बिपीको समयमा देशलाई असर पर्ने कुनै सन्धि सम्झौता भएन।
...


प्रधानमन्त्री भएपछि पनि बिपी हाम्रो गैह्रीधारास्थित शान्ति निकेतनमा आइरहन्थे। उनमा एउटा विशेषता थियो, विपक्षीप्रति कहिल्यै उग्र नहुने। राणा शासन ढालेपछि पनि उनले कुनै सभा-समारोहमा राणाको विरोध गरेनन्।
गणेशमानजीप्रति उहाँमा ठूलो लगाव। नारायणचौरमा बस्दा उनको बैठक कोठामा गणेशमानजीको फोटो थियो। उनी सार्वजनिक रूपमा कसैको विरोध गर्नुपरे गणेशमानजीबाट गर्न लगाउँथे।
बिपी र मातृकाबीच एकपल्ट हाम्रो घरमा रमाइलो कुरा भएको छ। त्यतिबेला मातृका प्रधानमन्त्री थिए। भाइटिका थियो। बिपी मेरी आमाबाट टिका लगाउन अगाडि आए। प्रधानमन्त्री भएका कारण मातृका अलि व्यस्त थिए। मेरो पिताजीको खाना खाँदा धोती फेर्ने बानी थियो। बिपीले धोती नफेरी खाए। कुरा उठ्यो। बिपीले भने, 'म त यस्तै हो। कहाँ कहाँ पुग्नुपर्छ। साध्य छैन।'
र, उनले मातृकाबाबुको कुरा उप्काउँदै भने, 'भिनाजु (मेरो पिताजी) नअत्तालिनुस्। दाजु धोती बोकेर आउनुहुन्छ।'
नभन्दै मातृकाबाबु कागजमा बेरिएको धोती हातमा च्याप्दै गाडीबाट उत्रिए। घरमा हाँसोको माहोल बन्यो। बिपी पनि आफ्नो कुरा पुगेकोमा मुसुमुसु हाँसे।
मातृकाबाबु धोती फेरेर खाना खानेबेला बिपीले ठट्टा गरे, 'बाहिर जाँदा दाजु (मातृका) यसरी नै खानु हुन्छ?'
...


बिपीको मन जति सफा थियो, त्यस्तै अरूलाई पनि देख्थे।
मेरो जेठो छोराको पास्नीमा बिपीलगायत कांग्रेसका त्यतिबेलाका सबै हस्ती आएका थिए। पिताजीलाई थाहा थियो, घरमा राणाविरोधी कुराबाहेक केही हुँदैन।
हाम्रो घरमा चन्द्रशमशेरको ठूलो पोट्रेट फोटो थियो। पिताजीले फोटोको पाखुरामा लेखिदिनुभयो, 'मेरो भाग्य विधाता ईश्वर।'
बिपीहरू घर आए। उनले सबैलाई तान्दै आफैंले त्यो पोट्रेट देखाए। अरूले त त्यसको अर्थ बुझेनन्। तर, बिपीले पत्तो पाए। त्यसपछि राणाविरोधी उग्र कुरा निस्किएन।
बिपीको अर्को गजबको स्वभाव थियो। उनी प्रवासमा भए पनि यहाँ कोही बिरामी परे सन्चो-बिसन्चो बु‰न मान्छे पठाउने।
मेरो पिताजी बिरामी पर्दा मंगलादेवीलाई बु‰न पठाएका थिए।

'रानी मान्नुभन्दा राजा नै मान्छु'

'जहाँ स्वतन्त्रता र विधिको शासन छैन, त्यहाँ गान्धी हुन सकिँदैन। नेपालको अवस्था त्यस्तै छ। त्यसैले नेपालमा क्रान्ति आवश्यक छ।'

बिपीसँग मेरो पहिलो भेट त्यतिबेला भयो, जतिखेर म साहित्य, राजनीति र अर्थशास्त्र अध्ययन गर्दै जीवनलाई कसरी हेर्ने भनेर सोच्दै थिएँ। साहित्य र दर्शनशास्त्र पढदा गान्धीको केही प्रभाव परे पनि अरू नेताले मलाई राजनीतिमा कुनै आकर्षण दिन सकेका थिएनन्।

बिपीलाई भेट्नेबित्तिकै म उहाँसँग काम गर्न लालायित भएँ। उहाँ चिन्तक पनि, राजनीतिज्ञ पनि। उहाँमा आफूतिर आकर्षित गर्ने 'म्याग्नेटिक पर्सनालिटी' थियो। उहाँसँग राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका कुरा भए। निकट सम्बन्ध बन्यो। पछि काम गर्दै जाँदा थाहा भयो, उहाँसँग झगडा गर्न आएका मानिस पनि मित्र बनेर फर्कंदा रहेछन्। उहाँमा अरूलाई 'कन्भिन्स' गर्ने अद्भुत क्षमता थियो।

जेलबाट भर्खर निस्केकाले होला, उहाँ अलिकति व्यवस्थित हुन चाहनुहुन्थ्यो। भन्नुहुन्थ्यो, 'म धेरै अर्गनाइज्ड मान्छे होइन, त्यस्तो भएको भए धेरै लेख लेख्न सक्थेँ।' बिपीका साहित्य सबै जेलमै लेखिएका हुन्। साहित्यमा अराजकतावादी भए पनि राजनीतिमा उहाँ सिद्धान्तनिष्ठ हुनुहुन्थ्यो।

स्नातकोत्तर सकेपछि म बिपीको निर्देशनअनुसार युवा संगठित गर्ने काममा लागेँ। सन् १९६८ को त्यो समय क्रान्ति भनेपछि लडाइँ गर्ने भन्ने थियो। मैले 'गुरिल्ला वार' पढ्न थालेँ। क्रान्तिबारे मेरो बिपीसँग झगडा पर्‍यो।

'के को क्रान्ति? आतंकवादी गतिविधि केका लागि गर्ने?' बिपीले मलाई सोध्नुभयो।
'पञ्चायतले हाम्रा मान्छे मारिरहेका छन्, त्यसबाट मुक्ति दिलाउन हामीले क्रान्ति गर्नुपर्छ,' म बिपीसँग अहिलेका माओवादीजस्तै कुरा गर्थें। नेपालबाट गएका विद्यार्थीलाई क्रान्तिका विषयमा पढाउँथे। उनीहरूलाई उक्साउँथेँ।
बिपी दिक्क पनि मान्नुहुन्थ्यो।
एकदिन उहाँले भन्नुभयो, 'तिमी र म यो विषयमा कुरा गरौं। कि मलाई कन्भिन्स गराऊ, नभए मैले भनेको मान।'
मैले हुन्छ भनेँ।
'यो आतंकवादी गतिविधि किन गर्ने?' उहाँले भन्नुभयो, 'बन्दुक कुन प्रयोजनका लागि पड्काउने? क्रान्तिको वातावरण बनाउन होइन? त्यसबाट सत्ता कब्जा गर्न सकिन्छ?'
मैले भनेँ, 'सकिन्नँ।'
'मेरो भाषण, साहित्य र अन्तर्वार्ताले सत्ता कब्जाको वातावरण तयार गर्छ,' उहाँले अगाडि भन्नुभयो, 'हामीसँग क्रान्तिका लागि आवश्यक सामग्री र जनशक्ति छैन। मसँग जुन जनशक्ति छ, त्यसलाई म खर्च गर्न चाहन्नँ। आइ डन्ट कन्सिडर यु अ स्पेन्डेबल रिसोर्स। म तिमीलाई बन्दुक बोकाएर मर्न/मार्न पठाउँदिनँ। तिमीसँग मेरो धेरै काम छ। अहिले हामीसँग ननस्पेन्डेबल रिसोर्समात्रै छन्। क्रान्ति गर्ने संरचनै तयार भएको छैन। अहिले क्रान्ति गर्नु हुँदैन।'
लामो कुराकानीमा म हारेँ।
...

मैले झन्डै दुई/तीन महिना बिपीकहाँ आउजाउ बन्द गरेँ। उहाँ पनि 'चक्रलाई कतै भेट्यौ भने सोधेको छ भन्देऊ' मात्रै भन्नु हुँदो रहेछ।
केही समयपछि बिपीले फेरि बोलाउनुभयो।
२०२८ सालमा बिपीले पञ्चायती शासनविरुद्ध सशस्त्र क्रान्ति आह्वान गर्नुभयो। गान्धी पिस फाउन्डेसनले गरेको 'गान्धी एन्ड द एसियन च्यालेन्ज' शीर्षकको गोष्ठीमा उहाँले भन्नुभयो, 'ब्रिटिसको रुल अफ ल नभएको भए गान्धी, गान्धी हुन सक्दैनथे। शान्तिपूर्ण आन्दोलन चल्दैन थियो। जहाँ स्वतन्त्रता र विधिको शासन छैन, त्यहाँ गान्धी हुन सकिँदैन। हिटलरको राजमा गान्धी, गान्धी हुन सक्दैनथे। हिटलरले मारिदिन्थ्यो। नेपालको अवस्था त्यस्तै छ। त्यसैले नेपालमा क्रान्ति आवश्यक छ।'
शान्तिपूर्ण आन्दोलनको वकालत गर्ने बिपी परिवर्तन हुनुमा भारतीय राजनीतिक वातावरण कारक हो भन्ने लाग्छ।
क्रान्ति आह्वान गरेपछि हतियार र पैसा चाहिने भयो। हामीले विमान अपहरणको योजना बनायौं। हतियार जम्मा गर्न थाल्यौं। यसमा बिपीको प्रत्यक्ष संलग्नता थिएन। गिरिजाबाबुको नेतृत्वमा गरिएको थियो। दुर्गा सुवेदी, वसन्त भट्टराई, नरेन्द्र ढुंगेलले सघाएका थिए। त्यतिबेला हामीलाई भारतीय संस्थापनको पूर्ण समर्थन थिएन। हामीलाई 'एग्रेसिभ्ली' रोक्ने मनसाय पनि थिएन।
विमान अपहरणपछि पनि हामी हतियार संकलनमा लागिरह्यौं। त्यसबेला जयप्रकाश नारायणलाई बंगलादेशका आन्दोलनकारीले हतियार सहयोग मागेछन्। उनी क्रान्तिकारी नेता भएकाले 'सम्पर्कमा कोही छ भने हतियार उपलब्ध गराउन' बंगलादेशीले भनेका रहेछन्।
जयप्रकाशले बंगलादेशी आन्दोलनकारीलाई सहयोग गर्नुपर्‍यो भनेर बिपीलाई भनेछन्। बिपीले 'के-कति हतियार छ, कति सहयोग गर्न सकिन्छ' भनेर मलाई सोध्नुभयो। त्यतिखेर हतियार जोहो गर्ने मै थिएँ।
मैले भनेँ, 'हाम्रो तत्काल केही गर्ने योजना नभएकाले हतियार सहयोग गर्न सकिन्छ।'
हाम्रा हतियार केही वनारस, केही फारबेसगन्ज र केही पटनामा थिए। करिब तीन सय राइफल बोकेर म, सुधीर उपाध्याय र कर्णेल डिबी राई हतियार पुर्‍याउन बंगलादेश गयौं। सीमामा हामीलाई लिन मुक्ति वाहिनीका प्रतिनिधि आएका थिए। राति दुई बजे वाहिनीको अड्डामा पुग्यौं। हामीसँग भएका हतियार उपहारस्वरुप दियौं।
भोलिपल्ट बिहान हामी लडाइँ भइरहेको ठाउँ हेर्न गयौं। त्यो बंगलादेश सरकारलाई निर्वासित घोषणा गरेको दिन थियो। हामी गाउँको सभामा सहभागी भयौं। पाकिस्तानी सेना आएको भन्दै हामीलाई चाँडै फर्काइयो। किसनगन्ज (नेपाल-भारत-बंगलादेशनजिकको विन्दु) आइपुग्दा अल इन्डिया रेडियोले हामी पुगेको ठाउँलाई पाकिस्तानी सेनाले 'टेकओभर' गरेको समाचार दियो। हामीले बिपीलाई सबै बतायौं।
विमान अपहरणकान्डमा पछि हामी जेल पर्‍यौं। म सन् १९७७ अक्टोबरमा जेलबाट छुट्दा बिपी नेपाल फर्कने 'मुड'मा हुनुहुन्थ्यो। किन फर्कन लाग्नुभएको भन्दा बिपीले भन्नुभयो, 'रानी मान्नुभन्दा त राजा नै मान्छु।' उहाँको भनाइ इन्दिरा गान्धीतर्फ लक्षित थियो।
त्यसबेला इन्दिराले भारतमा संकटकाल लगाएकी थिइन्। भारतीय लोकतन्त्रमाथि प्रश्नचिह्न लागेको थियो। उनले जयप्रकाश र चन्द्रशेखरलाई समेत जेल हालेकी थिइन्, जो बिपीका असल मित्र थिए।
उहाँमाथि नेपाल-भारत सम्बन्ध बिगारेको आरोप पनि लाग्न थालेको थियो। इन्दिरासँग पहिला त बिपीको राम्रै सम्बन्ध थियो। उनी बिपीलाई सम्मान गर्थिन्। जयप्रकाशसँग सम्बन्ध बिग्रिएपछि बिपीसँग पनि बिग्रियो।
संकटकाल लागेपछि भारतीयले कडाइ गर्दै लगे। सीमाभन्दा ५० माइल टाढा बस्नुपर्ने नियम बनाए।
हुँदाहुँदा बिपी आफैं असुरक्षित महसुस गर्न थाल्नुभयो।
दक्षिण एसियामै परिवर्तन हुन लागेको त्यो समय जेलमा बस्नुपरे पनि नेपालै फर्कनुपर्छ भन्ने बिपीको मान्यता थियो। त्यसैले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुभो। त्यसअघि तीन महिना हामीले बिपीसहितको टोली बनाएर सीमापारिबाट मेची-महाकाली भ्रमण गरेका थियौं। साथीहरूलाई उतै बोलाउँथ्यौ। बिपीले आफू नेपाल फर्कनुको कारण प्रष्ट्याउनुहुन्थ्यो।
राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केपछि धेरैले बिपीलाई दरबारसँग मिलेको टिप्पणी गरे। तर, उहाँमा राजालाई लोकतन्त्रमा रूपान्तरण गराउनुपर्छ भन्ने सोच थियो। राष्ट्रिय मेलमिलाप भनेको लोकतन्त्र नदिने राजा र लोकतन्त्रका लागि संघर्षरत् जनताबीचको मिलन हो। त्यसको मिलनविन्दु लोकतन्त्र हो। तर, धेरैले यसलाई 'बिपीको समर्पण' भन्दै व्याख्या गरे।
बिपी भन्नुहुन्थ्यो, 'राजा र हाम्रो स्वार्थ एउटै छ। राजालाई राज्य गर्न देश चाहिन्छ, हामीलाई पनि लोकतन्त्र ल्याउन देश चाहिन्छ। देश नै हाम्रो साझा स्वार्थ हो।'
बिपीले राजालाई लोकतन्त्रमा आउन आह्वान गरे। राजाले पनि बिपीलाई पञ्चायतमा मिलाउने योजना बनाए।
दुवै सफल भएनन्।
जनमतसंग्रह घोषणा भयो। बिपी फर्किए पनि हामी मुद्दा लागेका भारतमै थियौं। जनमतसंग्रहमा आममाफी दिएपछि सात दिनअघि हामी फर्क्यौं। मलाई पछिसम्म मुद्दा थियो। २०४६ सालपछि मलाई भारतका लागि राजदूत नियुक्ति गर्दा त्यही मुद्दाका कारण 'एग्रिमो' पठाउन ढिलाइ भएको थियो। गिरिजाबाबुले 'अपहरणको नाइके म प्रधानमन्त्री भइसकेँ, चक्रलाई केको मुद्दा?' भनेर फिर्ता गर्न लगाउनुभयो। त्यसपछि मात्रै म राजदूत भएँ।

...


जनमत संग्रहमा पञ्चायतले जित्यो। बिपीले परिणाम स्वीकार गर्नुभयो। हामी मान्नुहुन्न भन्ने पक्षमा थियौं।
'त्यो नमानेको भए रक्तपात हुन्थ्यो, गृहयुद्ध हुन्थ्यो, तर लोकतन्त्र आउँदैनथ्यो। त्यही भएर स्वीकार गरेको हुँ,' उहाँले भन्नुभयो।
बिपी मार्क्सवादी हुनुहुन्थ्यो, पछि डेमोक्रेटिक र सोसलिस्ट हुँदै पछिल्लो समय गान्धीवादी र दिगो विकासका कुरा गर्नुहुन्थ्यो। उहाँको विचारधारामा गतिशीलता देखिन्छ।
एकपटक पुष्पलालसँग कार्यगत एकताको कुरा हुँदा बिपीले भन्नुभयो, 'मेरो पार्टी सरकारमा आए अर्काे विचारधारा बोक्ने पार्टीलाई प्रतिबन्ध लगाउँदैन। तपाईं के गर्नुहुन्छ?'
'म पनि अरूलाई प्रतिबन्ध लगाउँदिनँ,' पुष्पलालले जवाफ दिनुभयो। त्यसपछि बिपीले 'पार्टीमा प्रतिबन्ध लगाउने देशको विरोध गर्नुहुन्छ' भनेर सोध्नुभयो।
पुष्पलालले जवाफ दिन सक्नुभएन।
बिपीले पुष्पलाललाई 'आर्थिक कार्यक्रम लेखेर ल्याउनुहोस्, म 'ब्ल्यांक चेक'मा हस्ताक्षर गर्छु' भन्नुभयो। राजनीतिक कार्यक्रमचाहिँ आफ्नो हुनुपर्ने उहाँको जिकिर थियो।
उहाँले लोकतन्त्रका मूल्यमा कहिल्यै सम्झौता गर्नुभएन। बिपीले भनेको राष्ट्रवाद बेग्लै किसिमको छ। जनताले पञ्चायतकालमा राजासँग राष्ट्रवाद खोजे। राष्ट्रवाद व्यक्तिसँग होइन, विचारसँग जोडिन्छ। जनतालाई निषेध गरेर कुनै पनि व्यवस्था राष्ट्रवादी हुनै सक्दैन भन्ने उहाँको सोच हो।
कांग्रेसमा भएको बौद्धिकताको सुरु र अन्त्य नै बिपी हो। उहाँपछि कांग्रेसलाई त्यो बौद्धिकतामा लैजाने कोही भएन

बिपी संग्रहालयको कथा

सुन्दरीजलस्थित बिपी चोकबाट २०४७ जेठ २२ गते मैले बिपी संग्रहालयबारे सार्वजनिक घोषणा गरेँ। यसवापत सेनाले मेरो रामधुलाइ गर्‍यो, राति १२ बजेसम्म नियन्त्रणमा राखेर।

प्रधानमन्त्रीले मध्यावधि निर्वाचन सिफारिस गरे, २०५४ सालमा। गिरिजाबाबु विराटनगर हुनुहुन्थ्यो। राजाले खिल्ली उडाउँदै १ सय ३ पुर्‍याएर आउने नोटिस टाँसे।

यस्तो बेला २०५४ पुस २६ गते हामीले बिपी संग्रहालयको अवधारणा प्रस्तुत गर्‍यौं, सुन्दरीजलमा एक कार्यक्रममार्फत। ड्युटीमा रहेका सेनाका जवानलाई खुसी पारेर जेलको मुलगेटलगायत अन्य स्थानका केही फोटो खिचेको थिएँ। कार्यक्रममा जेलका तिनै फोटो बाँडिए। विराटनगरमा रहेका गिरिजाबाबुसँग यस कार्यक्रमबारे आशीर्वाद मागेको थिएँ। पछि बिपीचोकनजिकै भएको कार्यक्रममा गिरिजाबाबुले भन्नुभयो, 'बिपी संग्रहालयको योजना पूरा भइछाड्नेछ।'

सेनाले २०५४ माघ १३ गते राजदरबारलाई पत्र लेख्दै सुन्दरीजल बन्दीगृह भत्काउन माग राख्यो। हामीचाहिँ त्यही स्थानमा संग्रहालय बनाउनुपर्छ भन्ने। सेनाको र हाम्रो एककिसिमको जुहारी नै चल्यो। अन्ततः २०६१ भदौ २३ गते सेनाले सुन्दरीजल बन्दीगृह छोडेर हिँड्नुपर्‍यो।

२०१७ फागुन २६ पछि जननायक बिपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई र प्रेमराज आङ्दम्बेलाई राजा महेन्दले सुन्दरीजल जेलमा बन्दी बनाएका थिए।

२०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप नीतिसहित नेपाल फर्केका बिपी र गणेशमानलाई राजा वीरेन्द्रले त्यही जेलमा बन्दी बनाए। त्यसको ४२ वर्षपछि २०६१ भाद्र २४ गते ९१ औं बिपीजयन्तीमा त्यही जीर्ण जेलको कालो गेट खोलेर संग्रहालय उद्घाटन गर्दै गिरिजाबाबुले भन्नुभो, 'आज मैले मेलमिलापको ढोका खोलेँ।'

सयौं मानिस उपस्थित थिए। रेडियो एचबिसीले प्रत्यक्ष प्रसारण गरेको थियो। बौद्ध, हिन्दु तथा मुस्लिम धर्मगुरु पनि उपस्थित थिए। संग्रहालयको भत्किन लागेको पर्खाल, पिपलका लहरा, चार बुर्जाका छाना, जीर्ण भवनले खुसीसँगै चुनौती पनि दिइरहेको थियो।

माधव नेपाललगायत सबै दलका प्रमुख, अझ भन्नुपर्दा कम्युनिस्टहरूले, सार्वजनिक रूपमा बिपी, गणेशमानको मुक्तकण्ठले प्रशंसामात्र गरेनन्, लिखित रूपमा राष्ट्रिय विभूति घोषणा पनि गरे।

कांग्रेसले अधिकांश समय संस्कृति मन्त्रालय हेरे पनि बिपी संग्रहालयमा ध्यान दिन सकेको छैन। विस्फोटक पदार्थ भण्डार गर्ने ठाउँलाई संग्रहालयको रूप दिनु सहज थिएन। विपक्षी दलका नेताले सराहना गरे पनि स्थानीय कम्युनिस्टलाई असह्य भयो। चीन, भारत र अमेरिकाका राजदूत, राष्ट्रपति, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री माधव नेपाल सबैले संग्रहालय अवलोकन गरे, तर कसैले यसका लागि खासै संवेदनशीलता देखाएका छैनन्। प्रधानमन्त्री भएको बेला दाहालले संग्रहालय निरीक्षण गरेको भोलिपल्टै संस्कृतिमन्त्री गोपाल किरातीले संग्रहालयका लागि छुट्याएको ८ लाख रकम घटाएर २ लाखमा झारे।

नेपाल प्रधानमन्त्री भएका बेला भेट्ने प्रयास गर्‍यौं। सल्लाहकारै उनीभन्दा माथि भएको पाइयो। माओवादी सरकारले विनियोजित रकम घटाएनमात्र, संग्रहालय राज्यमातहत ल्याउने धारणा सार्वजनिक गर्‍यो।

कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले यसको डटेर सामना गरे। मैले भनेँ, 'बन्दुक र तिघ्राका भरमा जथाभावी गर्न सक्दैनौं र पाइँदैन पनि।'

कांग्रेसले बाह्रौं महाधिवेशन सुन्दरीजलमा गर्नुपर्थ्यो भन्ने स्वतन्त्र बुद्धिजीवी पनि कम छैनन्। गत वर्ष महासमिति बैठकमा आएका सदस्यहरूले महाधिवेशन सुन्दरीजलमा गर्नुपर्छ भन्ने माग राखेका हुन्। तर, यो प्रस्ताव एकथरी कांग्रेस नेतृत्वलाई नपचेकोमात्रै होइन, बिझायो पनि।

बिपी संग्रहालय राजनीति, साहित्य र दर्शनको त्रिवेणी हो, लोकतान्त्रिक उद्यान हो। सुन्दरीजल जेलको इतिहास समाप्त हुँदै गएका बेला हामीले संग्रहालयको योजना ल्याएका थियौं। खण्डहर बनाउने योजना बुनिएकै थियो। जेल भत्काउनुपर्छ भन्दै पत्रपत्रिकामा अनगिन्ती लेख आएकै हुन्।

संग्रहालय नबनेको भए भविष्यमा कांग्रेसले सन्ततिलाई के जवाफ दिन्थ्यो? बिपीले भन्नुभएझैं जब पार्टी सरकारमा पुग्छ, निर्वाचन आउँछ, सच्चा र इमानदार कार्यकर्ताले ठाउँ पाउँदैनन्। आज त्यही परिस्थिति आएको छ। यदि हामीले विवेकी निर्णय गर्न हिच्किचायौं भने लोकतन्त्र त समाप्त हुन्छ नै, देशको सार्वभौमसत्ता पनि खतरामा पर्छ।

आस्था, निष्ठा, समाजवाद र मेलमिलाप नै प्रजातन्त्रको ज्वलन्त कसी हो, कांग्रेसको मुलमन्त्र पनि। २००३ देखि आजसम्म कांग्रेस लोकतान्त्रिक मियो साबित भयो। कांग्रेसको बाह्रौं महाधिवेशनका यक्ष प्रश्न पनि यिनै हुनेछन्। लोकतान्त्रिक गणतन्त्र स्थापित गर्नु त परै जाओस्, सधैं विवादमा तान्ने काम भएको छ। बिपी, गणेशमानले घाम तापेर बस्ने, पुस्तक लेख्ने बुढो कपुरको बोटको चौतारी रहेको सुन्दरीजल बन्दीगृहलाई नभुलौं।

बिपी र महेन्द्र - एउटै पिँजडाका दुई बाघ

विश्वबन्धु थापा-

बिपी र महेन्द्रबीच 'लभ-हेट' को सम्बन्ध थियो। 'म राजा हुँ, प्रधानमन्त्री नोकर,' महेन्द्र यस्तै सोच्थे। बिपी भन्थे, 'म नोकर होइन, जनताको प्रतिनिधि हुँ। हामीले राजालाई मान्देका हौं। राणाहरूले खोपीका देवता बनाएका थिए, हामीले बाहिर ल्यायौं। यहाँभन्दा अगाडि बढ्ने कोसिस नगर।'


म आठ वर्षको थिएँ होला। बिपी कोइराला त्यस्तै २३-२४ वर्षको हुनुहुथ्यो कि!
उहाँ वनारसबाट विराटनगर आउनुभएको थियो। म बिपीकै घरमा बसेर पढ्थेँ। किताब फिँजारेर पढ्ने मेरो बानी थियो।
एकदिन उहाँ फिँजारिएका किताब कुल्चँदै हिँड्नुभयो।

मलाई अचम्म लाग्यो।
'ढोग्नोस्,' मैले भनेँ।
उहाँले थाहा नपाएझैं गर्नुभो, 'केलाई?'
'किताब,' मैले भुइँतिर देखाएँ।
'किन?'
उहाँको प्रश्नले म चकित खाएँ।
'नत्र विद्या नासिन्छ।'
'कसले गर्छ विद्या नास?'
'भगवानले।'
उहाँ हाँस्दै अर्को कोठामा छिर्नुभयो।
'भगवानसँग पनि नडराउने कस्तो मान्छे रैछ,' मैले मनमनै सोचेँ।
उहाँको निडरपन थाहा पाउन धेरै कुर्नै परेन।
सन् १९४४ मा मेटि्रक जाँच दिन वनारस जाँदा म उहाँसँग घनिष्ट भएँ। उहाँ त्यतिखेर समाजवादी आन्दोलनमा होमिसक्नुभएको थियो। वनारसमा धेरै कम्युनिस्ट नेता थिए। उनीहरूसँग उहाँको बाक्लो संगत थियो। कार्ल माक्सको किताब पढ्नुहुन्थ्यो। लाग्छ, उहाँलाई त्यसैले समाजवादी बनायो। वनारस बसाइमा उहाँसँग मेरो राजनीतिक सम्बन्ध बढ्दै गयो।
'हामी सबै मिलेर,' उहाँ बारम्बार भन्नुहुन्थ्यो, 'नेपालमा केही गर्नुपर्‍यो।'
'किताब पढ,' उहाँ हामीलाई झक्झकाउनु हुन्थ्यो।
हामी सोध्थ्यौं, 'कस्तो किताब?'
'समाजशास्त्र,' उहाँ भन्नुहुन्थ्यो, 'कार्ल माक्सको पढ्नै पर्छ।'
उहाँलाई म कम्युनिस्ट हुँला भन्ने चिन्ता थियो। मनमोहन अधिकारीसँग मेरो राम्रो सम्बन्ध थियो। सायद उहाँको चिन्ताको कारण यही हो।
'कम्युनिस्ट प्रजातन्त्रवादी हुँदैनन्, त्यसैले समाजवादी हुनुपर्छ,' उहाँ भन्नुहुन्थ्यो।
बिपी नास्तिक होइन। तर, मन्दिरमा गए पुण्य पाइन्छ भन्ने उहाँलाई पत्यार थिएन। उहाँले देवताको पूजा गरेको मैले थाहा पाइनँ।
'भगवानमा होइन, कर्ममा विश्वास राख्नुपर्छ,' उहाँ हामीलाई सिकाउनुहुन्थ्यो।
...


वनारस, निर्वासित जीवन बिताउनेहरूको राजनीतिक राजधानी थियो। सबै योजना त्यहीँ बन्थे, कार्यन्वयन नेपालमा हुन्थ्यो।
आइए पढ्दा हामीले बनारसमा नेविसंघ खोल्यौं। कृष्णप्रसाद भट्टराई त्यसका उपसभापति। म सहायक महासचिव। नेविसंघ खोलेपछि बिपीसँगको भेट झन् बाक्लियो।
'राणाविरुद्ध आन्दोलन एउटा व्यक्तिले गरेर हुँदैन,' यो उहाँले बु‰नुभएको थियो, 'देशमा प्रजातन्त्र ल्याउन एउटा पार्टी चाहिन्छ।'
२००४ सालमा नेपाल राष्ट्रिय कांग्रेस गठन गर्ने तयारी भयो। तर, पार्टीको सभापति को हुने भन्नेमा विवाद निस्कियो। डिल्मीरमण रेग्मी आफैं बन्छु भन्थे। हाम्रो चाहना बिपीलाई बनाउने थियो। सभापति बन्ने इच्छा बिपीको पनि थियो। गणेशमान सिंहले सभापतिमा तेस्रो व्यक्ति टंकप्रसाद आचार्यको नाम प्रस्ताव गर्नुभयो। त्यतिबेला टंकप्रसाद जेलमा हुनुहुन्थ्यो।
विवाद टुंगियो, टंकप्रसाद सभापति भए, बिपी कार्यवाहक सभापति।
त्यही साल राष्ट्रिय कांग्रेसले सत्याग्रह आन्दोलन सुरु गर्‍यो। बिपी, मलगायत थुप्रै साथी पक्राउ पर्‍यौं। बिपीलाई जेल चलान गरेपछि कार्यवाहक सभापति डिल्लीरमण हुनुभयो। गान्धी र नेहरूले बिपीलाई जेलबाट छुटाए। तर, डिल्लीरमणले पद छोडेनन्। विवाद बढ्यो। अन्ततः डिल्लीरमणलाई पार्टीबाट निष्कासन गरियो।
सत्याग्रह आन्दोलनका क्रममा पक्राउ परेर मैले आइएको परीक्षा दिन पाइनँ।
'बिपीसँग लागेर यो त्यसै बरालिने भो,' बा हर्कानुहुन्थ्यो।
तर, मैले टेरपुच्छर लाइनँ।
राष्ट्रिय कांग्रेससँगै प्रजातान्त्रिक कांग्रेसले पनि आन्दोलन गरिरहेको थियो। सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायले प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गर्नुभएको थियो। २००६ सालमा दुवै पार्टी मिल्नुपर्छ भन्ने कुरा उठ्यो। यतिबेला राष्ट्रिय कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो। बिपी जेल परेपछि राणाहरूले मातृकाप्रसादलाई सरकारी जागिरबाट निकालेका थिए। त्यसैले, उहाँलाई हामी 'सुब्बा साप' भन्थ्यौं।
सुवर्णशमशेर 'सत्याग्रहले हुँदैन, कडा आन्दोलन गर्नुपर्छ' भन्नेमा हुनुहुन्थ्यो। २००७ सालमा कलकत्तामा दुवै पार्टी एकीकरण भएर नयाँ पार्टी जन्मियो, नेपाली कांग्रेस। तर, प्रजातान्त्रिक कांग्रेसले बिपीलाई सभापति स्वीकारेन। प्रजातान्त्रिक कांग्रेसकालाई चाकडी बोली चाहिन्थ्यो। बिपी कडा स्वभावको हुनुहुन्थ्यो, कसैसँग नझुक्ने। हजुर, खाइसियो, गइबक्सियोस् - यस्ता दरबारीया बोली उहाँलाई नआउने। राजासँग बोल्दा पनि उहाँ अप्ठ्यारो मान्नु हुन्थ्यो। मातृका भने सरकारी जागिर खाएकाले त्यस्तो भाषामा पोख्त हुनुहुन्थ्यो।
सहमति भयो - मातृकालाई नेपाली कांग्रेसको सभापति बनाउने।
बिए पढ्दा वनारसमै मैले एनसिसी तालिम लिएको थिएँ। त्यहीबेला म नेविसंघको महासचिव र राष्ट्रिय नेपाली कांग्रेसको सदस्य भएँ। वनारसमा पार्टीको काम हेर्ने जिम्मेवारी मलाई दिइयो।
'परीक्षा फर्म भरिस्,' एकदिन बिपीले मलाई सोध्नुभयो।
'भरेँ।'
'अहिले छुट्टी छ तेरो,' उहाँ मलाई तँ भनेर सम्बोधन गर्नुहुन्थ्यो।
'छ,' मैले भनेँ।
'हिंसामा जानुपर्ला जस्तो छ। तैंले एनसिसी तालिम लिएको छस्। विराटनगरमा गिरिजासँग मिलेर संगठन विस्तार गर्नुपर्‍यो तैंले।'
मैले टाउको हल्लाएँ।
...


सशस्त्र आन्दोलन सुरू भयो।
विराटनगरमा कडै संघर्ष भयो। हामीले ट्याक्टरलाई ट्यांक बनायौं। उद्धवविक्रम राणाको घर त्यही ट्यांकले भत्काइयो। हाम्रा तीन सयजति सैनिक विराटनगरमा थिए। विराटनगर हामीले कब्जामा लियौं। अन्तरिम सरकार गठन भयो। कृष्णप्रसाद कोइराला गभर्नर हुनुभयो, म गृहमन्त्री।
त्यसको तीन महिनापछि २००७ साल फागुन ७ गते क्रान्ति सफल भयो। अन्तरिम सरकार बन्यो। बिपी गृहमन्त्री हुनुभयो।
सरकारको बनेको केही समयमै राजा त्रिभुवन र राणा प्रधानमन्त्रीबीच दूरी बढ्दो थियो। त्रिभुवनले बिपीलाई भने, 'तपाईंले राजीनामा दिए प्रधानमन्त्रीलाई निकाल्न सजिलो हुन्छ।'
बिपीले राजीनामा दिनुभयो। राणा प्रधानमन्त्री निकालिए।
तर, राजनीतिक अस्थिरता थामिएन। अझ बढ्दै थियो। गोर्खा परिषद्का कार्यकर्ताले गोर्खामा राजेश्वर देवकोटाको टाउको फोडे। बिपीले मलाई गोर्खामा बडाहाकिम भएर जान भन्नुभो। म गएँ पनि।
नयाँ सरकार बनाउने निहुँमा कांग्रेसमा फेरि खिचातानी सुरु भयो। म केन्द्रीय समितिमा थिएँ। हामी सबैले 'अब बिपी प्रधानमन्त्री हुनुपर्छ' भन्यौं। पार्टी सभापति मातृकाले भने आफ्नो नाम अघि सारे। विवाद चर्किंदै गयो।
'म बडाहाकिम हुन्न,' एकदिन मैले मातृकालाई भनेँ, 'पार्टीमा काम गर्छु।'
मातृका अलि झोंक्किए, 'तँ बिपी हुँदा काम गर्ने, म हुँदा नगर्ने।'
'त्यसो हो भने म पोखरा (पश्चिम ३) जान्छु।'
मातृकाले मेरो प्रस्ताव स्वीकारे।
त्यसैबेला नेपाली कांग्रेसको जनकपुर सम्मेलन भयो। मातृका र बिपी दुवै पार्टी सभापतिमा उठ्नुभयो। जित बिपीकै भयो। त्यसपछि मातृकाले राष्ट्रिय प्रजा पार्टी खोल्नुभयो। दाजुभाइको राजनीति अलग भयो। हामीले मातृकालाई कालो झन्डा देखायौं। यही रिसमा मातृकाले हामीलाई जेल हाल्नुभयो।
राजा त्रिभुवनको निधनपछि २०१४ सालतिर मातृका फेरि नेपाली कांग्रेसमा आए। २०१५ सालको चुनावमा बिपीले मातृकालाई टिकट दिनुभएन। बिपीले यहाँनिर भने गल्ती गर्नुभएको हो भन्ने मलाई लाग्छ। सायद चुनाव जिते फेरि झगडा हुन्छ भनेर होला।
चुनावको बेला म पार्टीको महामन्त्री थिएँ। बिपी मेरा लागि आफ्नै दाजुसरह हुनुहुन्थ्यो। यसले पनि मलाई राजनीतिमा छिटो माथि उक्लन सघायो। चुनाव जितेपछि म पार्टीको प्रमुख सचेतक भएँ।
...


बिपी र राजा महेन्द्रको कुरा मिल्दैनथ्यो। यसले निर्वाचन हुन सकिरहेको थिएन। त्यही बेला बिपीले सुवर्णलाई पार्टी सभापति बनाउनुभयो। सुवर्णले राजासँग कुरा मिलाए। चुनाव भयो।
चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउँदैन, मिलिजुली सरकार बन्छ र त्यसपछि सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन पाइन्छ भन्ने महेन्द्रलाई लागेको थियो। उनले चुनाव गराउनुको कारण पनि यही हो।
तर, परिणाम उनले सोचेभन्दा उल्टो आयो।
महेन्द्रले सुवर्णलाई प्रधानमन्त्री बनाउन खोज्नुको कारण के भने, यी दुवैको राम्रो सम्बन्ध थियो। रानी र सुवर्णको सालोकी श्रीमती दिदी-बहिनी थिए। महेन्द्र र सुवर्णको दरबारीया तौरतरिका मिल्थ्यो।
त्यतिबेला कांग्रेसमा दुईथरि जमात थिए - एकथरि बिपीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने, अर्काथरि सुवर्णशमशेरको पक्ष लिने। सुवर्ण पनि बिपीकै पक्षमा थिए।
कुरा सुशीला भाउजु (बिपीकी श्रीमती) कहाँ पुग्यो।
'झगडा नगर्नोस्,' भाउजुले बिपीलाई सम्झाउनुभयो, 'तपाईं सभापति हुनुस्, प्रधामन्त्री सुवर्णलाई छोड्दिनुस्।'
'कार्यकर्ता मान्दैनन्,' बिपीको तर्क थियो।
मलाई लाग्छ, कहिले मातृका त कहिले सुवर्णसँगको झगडाले बिपीको मनमा आफू प्रधानमन्त्री हुन पाइन्न कि भन्ने डर थियो।
'सुशीला भन्छे भने म प्रधानमन्त्री हुन्नँ,' बिपीले मलाई भन्नुभयो।
मसँग जवाफ थिएन।
एकछिनपछि उहाँले भन्नुभयो, 'जा, पहिला सुशीलाको चित्त बुझा।'
'पहिलो एक वर्ष बिपी प्रधानमन्त्री हुने, त्यसपछि सुवर्णलाई छोडिदिने,' भाउजुले निर्णय सुनाउनुभयो।
...


बिपी प्रधानमन्त्री बनेपछि महेन्द्रलाई अप्ठ्यारो पर्‍यो।
यी दुईबीच 'लभ-हेट' को सम्बन्ध थियो। बिपीलाई हेप्न सकिन्न भन्ने महेन्द्रलाई राम्ररी थाहा थियो। दुवै एउटै पिँजडाका दुई बाघ थिए।
'म राजा हुँ, प्रधानमन्त्री नोकर हो,' महेन्द्रको सोच थियो।
बिपी भन्थे, 'म नोकर होइन, जनताको प्रतिनिधि हुँ। हामीले राजालाई मान्देका हौं। राणाहरूले खोपीका देवता बनाएका थिए, हामीले बाहिर ल्यायौं। तर, यहाँभन्दा अगाडि बढ्ने कोसिस नगर।'
२०१६ सालमा प्रधानमन्त्रीका रूपमा बिपी चीन जाने पक्का भयो। गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पनि सँगै जाने भए। हामीलाई यो चित्त बुझेको थिएन।
'सूर्यप्रसाद भारतको मान्छे भन्छन्, लान हुँदैन,' मैले भनेँ।
'लानुपर्छ,' बिपीले अडान लिनुभयो।
'एउटा जाहेरी दरबार, अर्को जाहेरी भारत पठाउँछ भन्छन्,' मैले रोक्ने प्रयास गरेँ।
'जे सुकै होस्,' उहाँ टसमस हुनुभएन।
चीनबाट फर्केलगत्तै म बिपीकहाँ गएँ। सूर्यप्रसाद त्यहीँ भेटिए।
'सूर्यबाबु, भ्रमण निकै रमाइलो भयो होला नि?' मैले जिज्ञासा राखेँ।
'के को रमाइलो हुनु,' सूर्यप्रसाद झोंक्किए। त्यसपछि उनी बोलेनन्। सुशीला भाउजु त्यहीँ हुनुहुन्थ्यो। उहाँ पनि सँगै जानुभएको थियो।
'भाउजु के भयो, सूर्यबाबुलाई?' मैले सोधेँ।
'तपाईंको दाइ के-के गर्नुहुन्छ, रिस उठ्दैन त भन्या, सोध्नोस् न तपाईंकै दाइलाई,' भाउजुले मलाई बिपीतिर इसारा गर्नुभयो।
सूर्यप्रसाद निस्केपछि बिपीले सबै कुरा सुनाउनुभयो। खास के भएको रहेछ भने, चीन जाँदा भाउजुले छोरी चेतनालाई पनि सँगै लानुभएछ। चेतना सानै थिइन्। एकजना सुसारे पनि लगिएको थियो। अरू सबै दिन बिपीले सूर्यप्रसादलाई सँगै हिँडाउनुभएछ। चिनियाँ प्रधानमन्त्री चाउइन लाईसँग विशेष वार्ता गर्दा भने उनलाई छोडिदिनुभएछ, त्यो पनि झुक्याएर।
चिनियाँ प्रधानमन्त्रीकी श्रीमतीले सुशीलालाई ब्रेकफास्टमा डाकिछन्। छोरी लिएर जाँदा अप्ठ्यारो। सुसारेको भरमा एक्लै कसरी छोड्नु? 'के गर्ने होला सूर्यबाबु,' बिपीले सोध्नुभएछ।
बिपीको अगाडि सूर्यप्रसादको के लाग्थ्यो र, 'म पनि होटलमै बसुँला नि, तपाईंहरू जानु न।'
'सूर्यबाबु, यहाँ लन्च नखाई त जान मिल्दैन भन्छन्, सुशीला आत्तेकी छ के गर्ने होला?' मध्याह्नतिर बिपीले होटलमा फोन गर्नुभएछ।
'म छु नि, लन्च खाएर आउनोस् न, भाउजुलाई पनि नआत्तिनू भन्नू,' सूर्यप्रसादले जवाफ दिएछन्।
अपराह्नमा फेरि बिपीले होटलमा फोन गर्नुभएछ, 'सूर्यबाबु, कस्तो आपत् आइलाग्यो भने, अब डिनर नखाई हुँदैन पो भन्न थालेका छन् त।'
'हुन्छ नि, छोरी यहाँ खेलिरहेकी छे, किन आत्तिनु र,' सूर्यप्रसादले स्वीकृति दिएछन्।
सूर्यबाबुले त्यस दिनको ब्रेकफास्ट, लन्च र डिनरको अर्थ नेपाल आएपछि मात्र थाहा पाएछन्।
...


२०१७ सालमा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुपर्ने भयो। देशभित्र चलखेल बढ्दै थियो। यसबीच चार पटकजति मेरो महेन्द्रसँग भेट भएको थियो। राजा सलबलाउन थालेको संकेत मैले बुझिसकेको थिएँ।
राष्ट्रसंघ जानेको सूचीमा बिपीसँगै मेरो नाम पनि सूर्यप्रसादले राखेछन्। मलाई जान मन थिएन। महेन्द्रले पनि 'नजानू' भनेका थिए।
'म जान्न,' मैले भनेँ।
'किन?' सूर्यप्रसाद आश्चर्यमा परे।
मैले स्पष्ट भनेँ, 'बिपीविरूद्ध यहाँ षड्यन्त्र भइरहेको छ।'
'मलाई त्यस्तो लाग्दैन,' उनले भने।
'म नेपाल फर्कंदा तपाईं जेलमा हुनुहुने हो कि?' मैले आशंका जताएँ। उनी तैपनि मानेनन्। मैले सहमति जनाएँ, 'ठिक छ, म जान्छु। तर तपाईं यहाँको स्थिति सम्हाल्नुहोला।'
हामी अमेरिका लाग्यौं। बिपी केही दिनमा फर्किहाल्नुभयो। मलाई भनेे 'तीन महिनासम्म सभामा भाग लिनू' भन्नुभयो।
मैले जे सोचेको थिएँ, त्यही भयो। २०१७ पुस १ गते राजा महेन्द्रले 'कू' गरे। धेरैले भन्छन्, राजा महेन्द्रको ठाउँमा अरू कोही भइदिएको भए कू हुँदैनथ्यो। तर, मलाई त्यसमा विश्वास छैन। राणाको पालामा थिच्चिएका राजा त्यत्तिकै कहाँ बस्थे र! जोसुकै राजा भए पनि कू गर्थे। 'ट्याक्टफुल' भएर महेन्द्रले कू गरेको हो भन्ने मलाई लाग्दैन।
त्यसपछि म अमेरिका बस्न सकिनँ। राजासँग कुरा गर्न पुस ४ गते नेपाल फर्किएँ। थुन्नका लागि १८ जनाको सूची बनाइएको रहेछ। १७ औं नम्बरमा मेरो नाम थियो। विमानस्थलमै पक्राउ परेँ। सिधै लगे, सिंहदरबार। बिपीलाई त्यहीँ राखिएको रहेछ। मैले उहाँलाई देखेँ पनि। सुवर्णशमशेरलाई राजाले पहिल्यै कलकत्ता पठाएका रहेछन्, कू को जानकारी दिएर।
'मलाई यहाँ किन ल्याएको,' सुरक्षाकर्मीलाई मैले सोधेँ।
सुरक्षाकर्मीले भने, 'बिपीसँगै जेलमा राख्न।'
'मलाई बिपीसँगै राख्छौ भने बाहिर निस्केपछि म राजासँग कुरा गर्दिनँ,' मैले थर्काएँ। मेरोबारे उतिन्खेरै दरबारमा कुरा पुर्‍याइयो। उताबाट आदेश आएछ, 'तुरुन्त घर जान दिनू।'
'यत्रो सामान छ, कसरी लान सक्छु,' मैले घुर्की लाएँ। तिनै सुरक्षाकर्मीले ठमेलको कोठासम्म सामान पुर्‍याइदियो।
कोठामा पुगेपछि को कहाँ छन् पत्ता लगाएँ। तुलसी गिरीले राजासँग भेट्ने तारतम्य मिलाए।
'हेल्प गर्नुपर्‍यो,' महेन्द्रले भने, 'देशमा धेरै अस्थिरता छाएको थियो। एउटा बलियो सरकार चाहिन्छ भन्ने मलाई लागेको हो।'
'गर्छु,' मैले भनेँ, 'तर, एउटा सर्त छ।'
'कस्तो सर्त?'
'छिट्टै प्रजातन्त्र फिर्ता गर्नुपर्छ।'
...


२०१७ पुस १२ गते म महेन्द्रको सरकारमा गृहमन्त्री भएँ। बिपी सुन्दरीजल जेलमा हुनुहुन्थ्यो। म राजाको सरकारमा सामेल भए पनि प्रजातन्त्रको पक्षमा थिएँ। पुस २७ को भाषणमा मैले भनेको थिएँ, 'मेरो नेता बिपी कोइराला नै हो। एकदिन उहाँको पार्टी र झन्डा दुवै आउँछ।'
त्यतिखेरका अखबारले यसलाई प्राथमिकतासाथ छापे।
राजाले कुनै प्रतिक्रिया दिएनन्।
केही वर्षपछि मैले फेरि राजा महेन्द्रलाई 'जनताको प्रजातन्त्र फिर्ता गर्न' भनेँ। उनले मानेनन्। मलाई जेल हालियो। त्यतिखेर बिपी जेलमुक्त भई भारत गइसक्नुभएको थियो। केही समयपछि मलाई पनि छाडियो।
म बिपीलाई भेट्न भारत लागेँ।
'तँ त मसँगै पार्टीमा लागेको मान्छे, तैंले आफ्नो भविष्य आफैं बिगारिस्,' बिपीले भन्नुभयो।
मैले भनेँ, 'मलाई त्यही सही होला जस्तो लाग्यो।'
'राजा प्रजातान्त्रिक हुन्छ भनेर तैंले कसरी सोचिस्?' उहाँले प्रश्न गर्नुभयो।
मसँग जवाफ थिएन।
उहाँले भन्नुभयो, 'राजामा राष्ट्रियता छ, तर प्रजातन्त्रवादी होइनन्। संविधान नमान्ने राजा प्रजातन्त्रवादी हुँदैन।'
मैले गल्ती गरेको रहेछु।
उहाँले मेरो बारेमा गणेशमानसँग पनि दुःखेसो गर्नुभएको रहेछ।
'तुलसी गिरीभन्दा तिमी राजाको सरकारमा जाँदा बिपी धेरै दुःखी हुनुहुन्थ्यो,' एकदिन गणेशमानले भन्नुभयो।
'किन?' म खिन्न भएँ।
'बिपी भन्नुहुन्थ्यो, म पछाडि नेपाली कांग्रेसको नेता त्यही थियो।'
...


एकदिन मैले बिपीलाई 'एक वर्षमै प्रधानमन्त्री पद सुवर्णलाई सुम्पिने सहमति गरेको' सम्झाएँ।
उहाँले भन्नुभयो, 'मैले सुवर्णलाई छोड्न नखोजेको होइन। रामेछापमा एउटा कार्यक्रममा सहभागी भएपछि छोड्छु भनेको थिएँ, राजाले कू गरिहाले।'
बिपी बास्तवमै बचनको पक्का हुनुहुन्थ्यो। राजा महेन्द्र पनि उहाँको यो बानीबाट प्रभावित थिए। एकपटक महेन्द्रले मलाई भने, 'देशमा देखाउन लायकको प्रधानमन्त्री एउटै थियो - बिपी कोइराला।'
२०३२ सालमा म बिपीलाई भेट्न भारतको सारनाथ गएको थिएँ। किर्तिनिधि विष्ट प्रधानमन्त्री थिए। गिरिजाबाबु र म कुराकानी गर्दैथियौं।
'के कुरा गर्‍या छौ?' बिपी हामी बसेको कोठामा पस्नुभयो।
'हेर्नु न बाबु, उहाँहरू आफूलाई नेता भन्नुहुन्छ, देशबाहिर बसेर पनि कहीँ नेता भइन्छ,' सुशीला भाउजुले भन्नुभयो।
हाँस्दै बिपीले जवाफ दिनुभयो, 'देशमा गए त मारिहाल्छन् नि।'
'भाउजु, देशको अवस्था ठिक छैन,' मैले सम्झाएँ।
सायद सुशिला भाउजुको यही भनाइ बिपीको मनमा बिझेको थियो। मेलमिलापको नीति लिएर नेपाल फर्कनुमा यसले पनि कतै न कतै भूमिका खेलेको हुनुपर्छ। नेपाल फर्केपछि बिपी भन्नुहुन्थ्यो, 'पञ्चायतले घर (देश) भत्काउन लागिसक्यो। घर नजोगाए कसरी प्रजातन्त्र ल्याउने। भारतमा बसेर देश रहँदैन। देश बचाउन राजाले सहयोग गर्नुपर्‍यो भनेर आएको।'

...


२०३६ सालको जनमत संग्रहलगत्तै मलाई बिपीले बोलाउनुभयो।
'तँ आफ्नो काम गर्न सक्छस्, काम गर्दै जा,' उहाँले भन्नुभयो, 'पार्टीको समुद्रमा पहिला कहाँ थिएँ, त्यही ठाउँमा पुग्न पाउनुपर्छ भन्नुहुँदैन।'
मलाई उहाँको कुरा ठिक लाग्यो। म त्यसपछि फेरि नेपाली कांग्रेसको सदस्य बनेँ।
२०३९ सालमा बिपीको निधन भयो। कांग्रेसमा विवाद बल्भि्कयो। गणेशमानजी, किसुनजी र गिरिजाबाबुबीच टकराव बढ्यो।
'गणेशमानजी, सभापति हुनोस्,' मैले भनेँ।
'गिरिजाप्रसादसँग के चुनाव उठ्नु, ऊ उठ्छु भन्छ,' गणेशमान अलि निराश देखिनुभयो।
'गिरिजाबाबुलाई म मनाउँला।'
'हुन्छ,' उहाँ राजी हुनुभयो।
'गिरिजाबाबु, सभापतिमा तपाईं नउठ्नोस्, गणेशमानजीलाई बनाउनुपर्छ,' मैले गिरिजाबाबुलाई भनेँ। गिरिजाबाबुले सर्त राख्नुभयो, 'ल ठिक छ, गणेशमानजी हुने भए म छोड्छु।'
कुरा मिलेकोमा म खुसी थिएँ। चार-पाँच दिनपछि म गणेशमानजीलाई भेट्न उहाँकै निवासमा पुगेँ। माथिल्लो तलामा मंगलादेवी (गणेशमानको श्रीमती) उफ्रिपाफ्री गरिरहनुभएको थियो। गणेशमान तल एकजनासँग कुराकानीमा व्यस्त।
'गणेशमानजी भाउजु किन कराउनुभाको हो,' ती मान्छे हिँडेपछि मैले सोधेँ।
गम्भीर हुँदै गणेशमानजीले भन्नुभयो, 'बिहान भट्टराई आएका थिए। म सधैं कार्यवाहक सभापतिमात्र कति हुने, बिपीको खराउ लिएर म एकपटक सभापति हुन चाहन्छु भने। हुन्छ त नि भनेर मैले छोडिदिएँ। त्यही भएर मंगला उफ्रेकी।'
म त्यहाँबाट फर्किएँ। सरासर सुशीला भाउजुकहाँ गएँ। गिरिजाबाबु त्यहीँ हुनुहुँदोरहेछ।
'मैले भनेकै हो नि,' गिरिजाबाबु बम्किनुभो, 'अब म सभापतिमा उठ्छु।'
त्यसपछि मैले सुशीला भाउजुतिर फर्किएर भनेँ, 'म अब पार्टीमा बस्दिनँ।'
'के गर्छौ?' भाउजुले अँध्यारो मुख लाउनुभयो।
'राजीनामा।'
म त्यहाँबाट निस्केँ

Monday, September 27, 2010

पर्यटकीय क्षेत्र -धरान

धरान पर्यटकिय सम्भावना वोकेको सहर हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगीलिक स्थिति, हावा पानी, यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थल तथा वस्तुहरुले यसको पर्यटकिय सम्भावनाहरुलाई देखाउदछ । धरानको शिरानमा रहेको विजयपुर डाँडा र त्यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिरहरु र ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरु, वाह्रै मास चिसो हावा पानी पाइने भेडेटार तथा वेलायका युवराज चार्ल्स चढेको पहाड चार्ल्स प्वाइन्ट (भेडेटार भ्यू टावर) तथा धरानमा विकसित हुदै गरेका विभिन्न पार्कहरुले धरानलाई पर्यटकीय केन्द्रको रुपमा विकास हुन सहयोग पुर्याएका छन ।

Dharan1

धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थानहरु र त्यहाँ लाग्ने मेला बराहक्षेत्र, विष्णुपादुका, रामधुनी, पञ्चायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पुरयाएका छन । त्यस्तै कोशी टप्पु वन्यजन्तु आरक्षले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पुर्याधएको छ ।

धरानबाट पूर्वी पहाडी जिल्लाका रमणीय ठाउँहरु धनकुटा, ताप्लेजुङ्ग, कुम्भकर्ण हिमाल, कन्चनजंगा हिमाल, मकालु वरुण राष्ट्रिय निकुन्ज, अरुण उपत्यका, तिनजुरे, मिल्के (लालिगुराँस क्षेत्र), गुफा पोखरी, सभा पोखरी, ह्यात्रुंग झरना आदिको प्रवेश मार्ग भएकाले पनि यसको पर्यटकीय महत्व उच्च रहेको छ ।

धरानका विभिन्न जाति जनजातिहरुका सांस्कृतिक र परम्परागत रहनसहन तथा रितिरिवाजले पनि पर्यटकीय महत्वलाई सहयोग पुर्‌याएको छ । राई जातिको चण्डीनाच, लिम्बू जातिको धाननाच, नेवार जातिको लाखेनाच, गाईजात्रा, तामाङ्ग जातिको शेलो, गुरुङ्ग जातिको रोदीधर तथा क्षेत्रीवाहुन जातिको बालननाच तथा संगिनी आदिको लागि पनि धरान महत्वपूर्ण थलोको रुपमा रहेको छ ।
Dharan

दोलखाका पर्यटकीय स्थल

पर्यटन वर्ष २०११ लाई लक्षित गरेर देशका सबैजसो जिल्लामा यसको तयारी सुरु भइसकेको छ । हिमाली जिल्ला दोलखा पर्यटकीय दृष्टिकोणमा निकै महत्वको जिल्ला हो । यहाँका दर्जनौं पर्यटकीय स्थल विश्वभर प्रशिद्ध छन् । विश्वका धेरै देशका कतिपय पर्यटकहरु नेपाल आएपछि एकपटक दोलखा नपुगी फर्कंदैनन् । अझ सगरमाथाको प्रवेशद्वार मानिने दोलखाको जिरीलाई दोस्रो स्वीटजरल्याण्ड नै भनिन्छ । दोलखाका मुख्य पर्यटकीय स्थलहरु हमीले यहाँ प्रस्तुत गरेका छौं :

दोलखा भिमसेन :

सदरमुकाम चरिकोटबाट ४ किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक शहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । यसको स्थापना किरातकालमा नै भएको अनुमान छ । देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रुपमा पसिना आउने गर्दछ ।

पौराणिक कालमा दोलखा शहरमा पाण्डबहरु गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरुले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको छ । सो मन्दिरमा नित्य पूजा बाहेक भिम एकादशी, वालाचर्तुदशी, चैतेदशै, बडादशै इत्यादिमा मेला लाग्ने गर्दछ ।

कालिन्चोक भगवती :

सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मी. को उचाईमा छ । कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिन्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गर्न सकिन्छ ।

शैलुङ्गेश्वर महादेव :

सदरमुकाम चरिकोटबाट करिव २० कि.मी. दक्षिणमा शैलुङ्गेश्वर डांडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ । साना ठूला गरेर १०० वटा थुम्काहरु रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ ।

टसी गुम्बा :

जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गाविस वडा नं. ८ मा अवस्थित विगु गुम्बा वास्तवमा दोलखा जिल्लाकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ । विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे) ले गर्नु भएको विश्वास गरिन्छ । समथर स्थानमा रहेको उक्त गुम्बामा हाल करिव ६० जना आनी (महिला भिक्षुणी) हरु रहेका छन् । जसले गुम्बामा नियमित रुपमा पाठपुजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरुलाई पढाउने कार्य गर्दछन् । गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रुपमा बल्दछ । उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ । हिन्दु धर्मावलम्बीहरुले दशै काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ ।

देउलाङ्गेश्वर महादेव :

ओराङ र लामावगर गाविसको सीमानामा रहेको देउलाङ्गेश्वर महादेवको मन्दिर उत्तरी क्षेत्रको प्रसिद्ध तिर्थ स्थल हो । स्वस्थानी पूर्णिमाको दिन ठूलो मेला लाग्ने यस मन्दिरमा सत्य यूगमा महादेवले सत्यदेवीलाई जोगीको भेषमा विवाह गरी ल्याउँदा यहि मन्दिरसंगै रहेको कुटीमा राखेको र सत्यदेवीले विलौना गर्दा खरले छापेको सो कुटीको भित्तो च्याती हिमालय पर्वतको दर्शन गराएको किम्बदन्ती रहेको छ । उक्त कुटी मन्दिरसंगै अझै पिन देख्न सकिन्छ ।

रोलवालिङ्ग उपत्यका :

पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलको रुपमा रहेको यस उपत्यकामा साहसिक पैदल यात्राका लागि विदेशी पर्यटकहरु आकर्षित हुने गर्दछन् ।

च्छोरोल्पा हिमताल :

गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो । समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग कि.मी. क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग कि.मी. सम्म फैलिएको छ । १३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घ.मी. पानी रहेको अनुमान छ ।

गौरीशंकर हिमाल :

७१३४ कि.मी अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ ।

वेदिङ्ग गाउँ :

गौरीशंकर गाविसको वडा नं. १ मा पर्ने वेदिङ्ग गाउँलाई हिम मजदुरको गाउँ भन्ने गरिन्छ । यस गाउँका २९ जना भन्दा बढी व्यक्तिले सगरमाथाको आरोहण गरी सकेका छन । हालसम्म १८० सगरमाथा आरोहण गर्ने सफल नेपाली मध्ये वेदिङ्ग वासीले मात्र ७० पटक भन्दा बढी सगरमाथा आरोहण गरी सकेका छन् ।

वि.सं. २०४२ साल वैशाख २४ गते गौरीशंकर गाविसको टसीनामामा जम्मिएका तेम्बाछिरी शेर्पा सवैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति हुन । उनले गत २०५८ जेष्ठ ११ गते उक्त विश्व किर्तिमान कायम गरेका हुन् ।

जिरी उपत्यका :

सदरमुकाम चरिकोटबाट ५६ कि.मी पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो । समुद्र सतहबाट १९५१ मी.को उचाईमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यसलाई नेपालको स्वीटजरल्याण्ड पनि भन्ने गरिन्छ ।

जटापोखरी :

जिल्लाको श्यामा गाविस वडा नं. १ मा पर्ने जटापोखरी सदरमुकाम चरिकोटबाट १६ कोष उत्तरपूर्वमा पर्दछ । धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने उक्त पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । यो पोखरी करीव ४५०० मीटरको उचाइमा रहेको छ ।

बहुला पोखरी :

आलम्पु गाविस वडा नं ९ मा रहेको आमा बाभारे पर्वतको थोरै तलतिर वरिपरि कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाई ३०० मीटर र चौडाइ २०० मीटर रहेको छ भने गहिराइ एकीन हुन सकेको छैन । नेपाल अधिराज्यकै सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले मात्र प्रसिद्ध आलम्पु गाविस यस पोखरीको माध्ययमले पनि चिनिन थालेको छ । मनकामना माइले इच्छाएको कुरा पुरा गर्ने किम्बदन्ती जस्तै यस पोखरीले पनि इच्छाएको कुरा पुरा गर्न सक्ने विश्वास गरिन्छ । ऋषि तर्पणी पूर्णिमाको अघिल्लो राति ठूलो मेला लाग्ने उक्त पोखरीको व्यापक प्रचार प्रसार हुन सकेको खण्डमा पर्यटकीय आकर्षण बढ्न सक्ने कुरा निर्विवाद छ ।
NTY

रारा ताल–पर्यटकका लागि छुट्टै आकर्षण

संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ- रारा तालमा। रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो। भनिन्छ, यहाँ पुगेपछि ढुङ्गाको मन भएकालाई पनि कविता फुर्छ। राराको पानी सधैँ नीलो हुँदैन, पानीले घरीघरी रंग फेरिरहन्छ। आजसम्म कसैलाई पनि थाहा छैन, ताल भित्र बसेर पानीमा थरीथरीका रंग घोल्ने काम कसले गरिरहेको छ? अर्को अचम्म त के छ भने, तालको पृष्ठभूमि पनि सधैँ एउटै देखिँदैन, बदलिइरहन्छ, सिनेमाको फ्रेम बदलिए जस्तो।

दश हजार फिटको उचाइमा दश वर्गकिलोमिटरमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिँदैन। तालको पश्चिमी सतहको तुलनामा पूर्वी किनारा होचो छ, तर पश्चिमतिरकै अग्लो किनाराबाट पानी बाहिर निस्किन्छ। पहिलो पटक रारा दहमा पुग्दा कुनै दैवी लोकमा आए झै लागेको थियो पर्यटन व्यवसायी कर्ण शाक्यलाई। रारा पुगेपछि सास पनि रोकेर प्रकृतिमै हराइरहौं जस्तो हुन्छ, सास फेर्दा पनि हल्ला भएजस्तो लाग्छ शाक्यले राराको वर्णन गर्छन्। विषय विविध पुस्तकमा उल्लेख भएअनुसार, डा. हर्क गुरुङलाई घुर्चीलेकबाट रारा हेर्दा बिहानीपख अनन्त आकाश 'र्लने, एउटा ठूलो ऐना जस्तो लागेको थियो।

ताल वरिपरि फन्को लगाउनका लागि गोरेटो पनि छ। स्नो ट्राउट माछा देखिने राराको कञ्चन पानीमा हाँस, जलेवा, कर्‍याङकुरुङ जस्ता चराहरू जलक्रीडामा मग्न हुन्छन्। यात्राको थकाइ मेट्न र बिहानदेखि बेलुकीसम्म राराले फेर्ने विभिन्न रुपको रस लिन एक दिन रारा ताल छेउ विताउनै पर्ने हुन्छ। तालबाहेक निकुञ्ज क्षेत्र पनि घुम्नका लागि राम्रो गन्तव्य हो। यहाँ गुराँस, ब्ल्याक जुनिपर, हिमालयन स्प्रुस, 'क, हिमालयन साइप्रस जस्ता फूलमात्र होइन, कस्तुरी मृग, हिउँ चितुवा, थार, वन भेडा जस्ता दुर्लभ जनावर र स्नो कक, कोग्मु डाँफे, च्याँर, लरुवा, प्युरा जस्ता पन्छीको पनि दर्शन पाइन्छ।

Rara1कसरी पुग्ने?

रारा ताल पुग्ने सबैभन्दा सजिलो बाटो मुगुको ताल्चा विमानस्थल हो। नेपालगञ्जबाट जहाजमा ताल्चा 'र्लिन सकिन्छ। यहाँबाट जम्मा तीन घण्टाको हिँडाइमा रारा पुगिन्छ। तर, राराका साथमा प्रकृतिका अरू छटा र जीवनलाई पनि नजिकबाट नियाल्ने हो भने जुम्लाबाट रारातर्फ पैदल यात्रा गर्नु बेस हुन्छ। नेपालगञ्जबाट जुम्लाको बाटो जाने हो भने लगभग पाचौं दिनमा रारा पुग्न सकिन्छ।

जुम्लाबाट हिँड्नेहरूका लागि डाँफे लाङ्गनामा पहिलो बास उपयुक्त हुन्छ। घुमर्ती हुँदै सिस्नामुलको बाटो लागेेपछि पहिलो दिन नै जङ्गलको रमाइलो लिन सकिन्छ। दोस्रो दिनको गन्तव्य चौथा हो। थारमारा, सिंजा खोलाको किनार हुदै न्याउरेका आलु र गहुँको खेत हेर्दै कभ्रा पुगिन्छ। कभ्रामा एउटा ठूलो ढुङ्गाबाट ढुङ्गाको पसिना भनिने औषधीय गुण भएको शिलाजित निक्लेको समेत देख्न सकिन्छ। गहुँको खेतको बीचमा रहेको तिब्बती गाउँ भरा हुँदै चौथा पुगिन्छ।

प्रवेशः नेपालगञ्ज
यातायातः हवाईजहाज

बासः होटेल,
क्याम्प
अवधिः ५ देखि १२ दिन
आकर्षणः जैविक विविधता

उचित समय: वैशाखदेखि असोज
जम्मा
खर्चः लगभग रु.१२,०००
उचाइः २,९८० मि.

तेस्रो दिनको यात्रा धोतु पुगेर टुङ्गिन्छ। यहाँबाट भुलभुले पुगेपछि रारा निकुञ्ज शुरु हुन्छ, तीन घण्टाको हिँडाइ। ताल वरपरको क्षेत्रमा सुरक्षा क्याम्पमात्र छैन, पन्ध्रजनासम्म बस्न मिल्ने होटल पनि छ। होटल पाइएन भने पनि चिन्ता नलिनुस्, पाल टाँगेर रात बिताउनका लागि यो निकै उत्तम ठाउँ मानिन्छ।

एक दिनको विश्रामपछि राराबाट जुम्ला आएकै बाटो फर्कन पनि सकिन्छ तर राष्ट्रिय निकुञ्जको आनन्द लिँदै फर्कने हो भने तालको पश्चिमतर्फबाट खट्यार खोला भएर मजगठ्ठा हुँदै गोरोसिंहा, मल्ल वंशको राजधानी सिंजा र अन्त्यमा जल्जला चौरमा एक-एक रात बिताउँदै जुम्ला पुग्न सकिन्छ। यो यात्रामा कम्तीमा पाँच जनाको समूह भएमा रमाइलो र सुरक्षित हुने पर्यटन व्यवसायी शिवराम बस्नेत बताउँछन्। स्वास्थ्य सेवा, पर्याप्त खाद्यान्न, बास बस्ने ठाउँ, उद्धार सेवा र यातायातको कमीका कारण यो क्षेत्रको भ्रमण अलि महँगो छ। आवतजावत गर्ने खर्चबाहेक प्रति दिन लगभग हजारदेखि पन्ध्र सय रुपैयाँ जति खर्च हुने हुनाले यसै अनुसार तयारी गर्नु आवश्यक हुन्छ।

राराबाट हिँड्दै सिमिकोट निक्लिएर नेपालगञ्ज पुग्न पनि सकिन्छ। रारा पुग्न र फर्कन सुर्खेतस्थित विमानस्थल पनि प्रयोग गर्न सकिन्छ
Rara

भु–स्वर्ग अर्थात खप्तड क्षेत्र

हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ।

टाढा-टाढासम्म फैलिएका घाँसे मैदानका पाटन। कसैले मिलाएर काटेको जस्तो तह मिलेको हरियो दुबो। त्यसमाथि वरिपरि रङ्गीविरङ्गी फूल, मानौं आउनेको स्वागतमा कुनै छिर्केमिर्के कार्पेट 'ओच्छ्याइएको होस्! एकै छिनमा चर्को घाम, एकैछिनमा धमिलो बादल र सिमसिम पानी। अझ् कात्तिकदेखि फागुनको समय पर्‍यो भने त जतासुकै हिँउ, स्निग्ध पहाड। सेतै डाँडा, सेतै जङ्गल, फूल पनि सेतै, मैदान पनि सेतै। हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ।

यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।

समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तड राष्ट्रिय निकुञ्जले वरिपरिबाट घेरा हालेको खप्तड क्षेत्रले बाजुरा, डोटी, बझाङ र अछाम गरी चार जिल्लालाई छुन्छ। नेपालका सबै डाँडामा कुनै न कुनै देवताको थान भेटिन्छ, खप्तडमा पनि नहुने कुरै भएन! जम्मु कश्मीरबाट ५३ वर्षअघि शिवनाथ डोग्रेको नाम लिएर खप्तड आएका फकिर खप्तड बाबाको नामले प्रसिद्ध मात्र भएनन्, खप्तडलाई पनि प्रसिद्ध बनाए। यहाँ वरपरका त्रिवेणीघाट, सहस्रलिङ्ग, बाबाकुटी, फिन्टेढुङ्गोलगायतका स्थानलाई धार्मिक महत्वका मानिन्छ। सामाजिक हिसाबले खप्तड क्षेत्रलाई नेपाली सभ्यताको विकास भएको स्थानका रूपमा पनि लिइन्छ।

Khaptad1पुग्ने कसरी?

खप्तड पुग्ने धेरै बाटो भएपनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा रहेको छ। ५/७ दिनको सिलगढी- खप्तड यात्रामा सामान्यतया रु.५,००० खर्च लाग्छ। सिलगढी पुग्नका लागि पूर्व-पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ। अत्तरियाबाट सिलगढीको एकतर्फी बस भाडा ५५० पर्छ भने, नेपालगञ्जबाट १,००० पर्छ। अथवा नेपालगञ्जबाट हवाईजहाजबाट डोटी उत्रिन पनि सकिन्छ। तपाई हेलिकोप्टरको व्यवस्था गर्न सक्नुहुन्छ भने सोझै खप्तड अवतरण गर्न पनि सकिन्छ। सिलगढी- साँफेबगर सडकखण्डको शान्तिनगरबाट खप्तड क्षेत्र जोड्ने सडक निर्माण शुरु भएकाले केही वर्षमा खप्तडको बाहिरी क्षेत्रसम्म गाडी पुग्ने आशा गरिएको छ।

प्रवेशः
सिलगढी (डोटी)
यातायातः गाडी/पैदल/हवाईजहाज1
बासः
निकुञ्ज गेष्ट हाउस, होटल, क्याम्प
अवधिः५-७ दिन
आकर्षणः
प्राकृतिक सौन्दर्य, हिउँको वर्षा
उपयुक्त मौसमः जेठ-साउन र असोज-मङ्सिर
खर्चः रु.६०००-रु.८००० (हवाईभाडा बाहेक)
उचाइः ३५०० मिटर
सिलगढीबाट शुरु हुन्छ, पैदल यात्रा। पहिलो दिन बगलेकमा दिउँसोको खाना, झिग्रानामा बास। दोस्रो दिन विसपानीमा खाना खाएर हिँडियो भने खप्तड राष्ट्रिय निकुञ्जको गेष्टहाउसमा बास बस्न पुग्न सकिन्छ। तेस्रो दिनबाट शुरु हुन्छ खप्तड घुमाइ। खप्तड बाबाको कुटी, घोडादौड पाटन, नागढुङ्गा क्षेत्र, बल्दजोडी (भ्युटावर), सहस्रलिङ्ग, गणेश पाटन, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सीतापाइला, छिन्तेढुङ्गो खप्तडका घुम्ने ठाउँ हुन्। यी ठाउँ तीन दिनमा घुम्न सकिन्छ। तर, हरेक दिन वास बस्न निकुञ्जकै गेष्टहाउस फर्कनुपर्छ। यदि तपाई अझ्ै बढी घुम्न चाहनुहुन्छ भने त्रिवेणी खोलाको तीरैतीर हिँडेर भेलछड्डो (सुन्दर छहरा) पुगेर बास बस्न र त्यहाँबाट साइलहुँदै बसमा दिपायल फर्कन सकिन्छ।

Map khaptadपर्याप्त समय छ भने, खप्तडबाट दुई दिनको हिँडाइमा बझाङको सुरमा सरोवर, सुन्दर ताल, अछामको रामारोशन, बाजुराको बडीमालिका वा डोटीको बडीकेदार पनि पुग्न सकिन्छ। खप्तडको घुमघाम सकेर अछामको साँफेबगर निस्किएर पनि फर्किन सकिन्छ। खप्तडलाई नै लक्षित गरी काठमाडौं-दिपायल-साँफेबगर हवाई उडान शुरु गर्ने योजना रहेको खप्तड क्षेत्र पर्यटन विकास समितिका निर्देशक यमबहादुर बमले बताए।

गन्तव्यस्थलका रूपमा खप्तड चर्चित भए पनि यो निकै अप्ठ्यारो गन्तव्य मानिन्छ। ०४३ देखि ०६४ सम्ममा खप्तड पुग्ने विदेशी पर्यटकको सङ्ख्या २५२ थियो। यसैबाट खप्तड मेहनती र जाँगरिलाको गन्तव्य हो भन्ने थाहा हुन्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउलगायतका ड्राइफुड पनि बोक्नु राम्रो। हिउँको जङ्गलको सफरमा निक्लिँदा बाक्ला लुगा, पञ्जा चाहिन्छ भनेर त सम्झाउन नपर्ला!

अन्नपूर्ण हिमाल हेर्न धम्पुस जाऔं

माछापुच्छे्रबाहेक अन्नपूर्ण हिमाललाई पनि नजिकैबाट नियाल्ने हो भने धम्पुस रोजाइको गन्तव्यमा पर्छ।

अधिकांश पर्यटक माछापुच्छे्र हेर्न पोखरा जान्छन्। तर, माछापुच्छे्रको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छे्र भएको हो भनेर तपाईंले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।

धम्पुस पुग्न सजिलो छ, पोखराबाट जम्मा २५ किलोमिटर पश्चिम। पोखराको बाग्लुङ बसपार्कबाट बाग्लुङ जाने बस छुट्छन्। यहाँबाट सार्वजनिक बस समातेर वा ट्याक्सी लिएर आधा घण्टामै फेदी पुग्न सकिन्छ। यहाँबाट शुरु हुन्छ, जङ्गलले घेरा हालेको उकालो बाटोमा पदयात्रा। छिटो हिँड्नेलाई एक घण्टा, ढिलो हिँड्नेलाई दुई घण्टा, त्यसपछि आइहाल्छ- गन्तव्य धम्पुस ! धम्पुसबाट देखिने हिमालमात्र होइन, पोखराबाट फेदीसम्म गाडीमा यात्रा गर्दा देखिने फाँट, खोलाहरू पनि कम मनमोहक छैनन्। फेदीमा भएका होटलहरूमा सजाएर राखिएका सुकुटी देख्दा नखाई बस्नै सकिँदैन। डाँडा पुग्नासाथ शुरु हुने धम्पुसका होटल, सफावस्ती र स्वागत गर्न बसिरहेका धम्पुसबासीको व्यवहारले पर्यटकलाई यसरी लोभ्याउँछ कि एक रातका लागि जानेलाई पनि बसाइँ लम्ब्याउन मन लाग्छ। रात बस्न धम्पुसमा सफा, सुग्घर र सस्ता होटलहरू पाइन्छन्।

अधिकांश पर्यटक माछापुच्छे्र हेर्न पोखरा जान्छन्। तर, माछापुच्छे्रको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छे्र भएको हो भनेर तपाईंले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।

Dhampus

रामहरि श्रेष्ठका हत्यारालाई पार्टीबाट निलम्बन

काठमाडौं, ७ असोज :व्यापारी रामहरि श्रेष्ठको हत्यामा प्रमुख जिम्मेवार ठहर्‍याइएका माओवादी केन्द्रीय सदस्य कालीबहादुर खामलाई पार्टीले निलम्बन गरेको छ। हेडक्वार्टरले उनीमाथि यो कारबाही गरेको जानकारी पार्टी प्रवक्ता दीनानाथ शर्माले दिए। यसैगरी अर्का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे 'टङ्कमणि' लाई पनि हेडक्वार्टरले निलम्बन गरेको जानकारी उनले दिए। शर्मालाई आर्थिक हिनामिना गरेको आरोप लगाइएको छ। बन्जाडे अखिल क्रान्तिकारीका पूर्व महासचिव हुन।

उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको हो तर खामलाई कति समयका लागि हो भन्नेचाहिँ खुलाइएको छैन।

खामलाई केही समयअघि यार्चागुम्बा खरीद तथा चिनिया व्यापारीलाई लुटेको अभियोगसमेत छ। यही कारण उनी प्रहरीको 'मस्ट वान्टेड' सूचीमा छन्।

सात वर्षका बालकले स्काइभेटर चलाए

साँगा(काभ्रे), ६ असोज : सात वर्षका बालकले स्काभेटर चलाएपछि स्थानीय तथा विद्यालय परिवारले वालकलाई सम्मान गरेको छ । नासिका ७ खाल्चोकका धावा फेञ्जि लामाले सोमबार स्काभेटर चलाएर सबैलाई आश्चर्यचकित पारेका थिए । लामाले स्काभेटर चलाएपछि उनलाई जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटा, प्याव्सन अध्यक्ष जगन्नाथ अधिकारी, विद्यालयका प्रिन्सिपल श्याम भुजेल, अभिभावक राजेश लामाले सम्मान गरेका थिए । धावालाई सानै उमेरमा स्काभेटर जस्तो सवारी साधन चलाउने साहस गरेको भन्दै सबैले धन्यवाद दिएका थिए ।

शिक्षा अधिकारी सापकोटाले वालकको प्रतिभा तेज भएकाले अध्ययनमा पनि उतिकै समय दिनु पर्ने बताएका थिए । ‘युवाहरुले गर्ने काम वालकले गरेकाले उनिमा बुहप्रतिभा देखिएको छ’–सापकोटाले भने । धावालाई अन्य सृजनशिल काममा लगाएर बाल प्रतिभा सार्वजनिक गर्नु पर्नेमा उनले जोड दिएका थिए । २०६० असार १ गते जन्मेका धावाले गत चैत महिना देखि मात्रै स्काभेटर प्रति चासो ब्यक्त गरेका थिए ।

dhawaघर नजिकै ढुँगा खानीमा संचालन भईरहेका स्काभेटरहरु अपरेटरले चलाएको उनले हेर्दै आएका थिए । हेरेकै भरमा भदौ महिनामा स्काभेटर चलाउने आँट गरेपछि अभिभावक राजेशले उनको परिक्षण गरेका थिए । सहजै बालक धावाले स्काभेटर चलाएपछि परिवार खुशी भएर प्रतिभाका बारेमा सार्वजनिक गरेका थिए । सोमबार धावालाई सम्मान गर्दै प्याव्सन अध्यक्ष जगन्नाथ अधिकारीले बालकलाई राष्ट्रिय प्रतिभाबाट सम्मान गर्नु पर्ने बताएका थिए । स्काभेटरका बारेमा हेरेरै क्षमता देखाउन सक्ने कुशल प्रतिभावान् बालकलाई अवसर भएमा राष्ट्रकै नाम राख्ने भन्दै अधिकारीले बालकलाई धन्यवाद दिएका थिए । पत्रकार महासंघ काभ्रेका सचिव महेश पौड्यालले बालकको प्रतिभालाई अवसर प्रदान गर्नु पर्नेमा जोड दिएका थिए ।

dhawa with teachers

धावाले करिव १५ मिनेट स्काभेटर चलाएका थिए । स्काभेटरमा बस्ने वितिक्कै धावाले व्रेकर उचालेर घुमाएका थिए । करिव २ सय मिटर तलसम्म लगेपछि माटो उचालेर फ्यालेका धावाले पहिलाकै स्थानमा ल्याएर स्काभेटर रोकेका थिए । बालकको प्रतिभा हेर्न उनि पढ्ने विद्यालयका सबै विद्यार्थी उनकै गाउँ खाल्चोक पुगेका थिए । भर्खर केजी कक्षामा अध्ययनरत धावा कक्षाका प्रथम छात्र हुन् । ‘केटाकेटीहरुसँग खेल्न भन्दा नेतृत्व गर्न मन पराउने धावा आफु भन्दा ठुलासँग मात्रै सँगत गर्छ’ धावाका बाबु राजेशले भने ।